केटा ब्राह्मण केटी परियार अन्तरजातीय बिबाह गर्दा घर निकाला ( भिडियो हेर्नुहोस् )

केटा ब्राह्मण केटी परियार अन्तरजातीय बिबाह, घर निकाला। परिवर्तन हुनुपर्छ पनि भन्छन अनि परिवर्तन को सुरुवात गर्दा पनि नानाथरी आलोचना र दुख। अन्तरजातीय बिहे गरेका यी दुई सुन्दर जोडी सन्तोष दवाडी र नितु परियार को अन्तरवार्ता हेरियो निकै भावुक बनायो। दुबैले आफूले माया गरेको मान्छे त पाए तर परिवारबाट टाढिनुपर्‍यो, परिवार र समाज सँग जीवनको नाता तोडियो, घर निकाला पनि भए छन धेरै दुख पाएछन यी जोडीले। जातकै आधारमा छुवाछूत गर्नु मानव सभ्यताकै धज्जि उडाउनु हो।

पशुहरुले त एकअर्कालाई छुवाछूत गर्दैनन् हामी त मानव हौ अलिकति इज्जत बचेको छ भने लाज मानौ। मानव सभ्यताको कलंकको रुपमा रहेको जातीय प्रथा अन्त्य गरौ। अन्तरजातीय बिबाह गर्ने यी सुन्दर जोडीलाई बधाई एवं सुन्दर भविष्यको कामना गर्दछौ !!