यो बाटो धेरै जनताको घर भत्काएर बनाएका हौं , यसरी मकै पोल्न होइन, थोरै भाडा तिरेर पसलमा राख्नुस् : बालेन

काठमाडौं ४ साउन । काठमाडौं महानगरपालिका मेयर बालेन साह फुटपाथ व्यापार नियन्त्रण गर्न सडकमा उत्रिएका छन् । बुधबार बेलुकी बानेश्वरको सडकमा निस्किएका बालेनले हात जोड्दै पसल सटरमा राख्न भन्दै बाटो खाली गर्न आग्रह गरेका छन् ।

धेरै जनताको घर भत्काएर बनाएको बाटोमा पसल राख्न होइन , एम्बुलेन्स गुड्न मानिस हिड्न भएकाले थोरै पैसाले तिरेर सटरमा प्यपसाय गर्न आग्रह गरेका उनले फुटपाथमा मकै पोलिरहेकी महिलालाई भनेका छन् , ‘यो बाटो कसरी बनेको हजुरलाई थाहा छ रु मान्छेहरुको घर भत्काएर, उहाँहरुलाई रुवाएर बनाएको बाटो हो । हजुरले यसरी हाल्दिन मिल्छ रु थोरै भाडा तिरेर पसलमा राखिदिनुस् न ।’

जवाफमा ति महिलाले यस्तो काम गर्न सटर भाडामा नपाइने भन्दै बताएकी छन् ।

यति बाटो बनाउन सरकारले एक करोड खर्च गरेको भन्दै उनले भने , ‘थोरै भाडा तिरेर पसलमा राख्नुस् न । यो बाटोमा एम्बुलेन्स हिँड्छ, गाडी हिँड्छ । यसो नगर्दिनुस् । यति बाटो बनाउन सरकारले एक करोड खर्च गरेको हुन्छ । हामी तपाईंहरुलाई उठाउन आएको होइन, अनुरोध गर्न आएको । (हात जोड्दै) प्लीज!!प्लीज‘प्लीज’ यस्तो नगरिदिनुस् ।’