आफुले भाषण गर्दै गर्दा कार्यकर्ताले ताली नबजाएपछि झोक्किए ओली

काठमाडौं ४ साउन :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोल्दा ताली नपिटेको भन्दै कार्यकर्तामाथि आक्रोश पोखेका छन् ।

बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ओलीले सम्बोधन गर्दा कार्यकर्ताले ताली नबजाएपछि उनले आक्रोश पोखेका हुन् ।

पार्टीको महान अभिभारा र उद्देश्य पुरा गर्न अगाडिका गम्भीर चुनौतीको समना गर्न एमाले एकढिक्का हुनुपर्ने बताउँदै गर्दा पनि ताली नबजाएको भन्दै आक्रोशित बनेका हुन् । ‘ताली बजाउनु भो । तर, थोरैले बजाउनु भो ।’ओलीले भने ।

नेकपा एमाले एकढिक्का भएर उभिन्छ, एकढिक्का भएर अगाडि बढ्छ, एकढिक्का भएर बाधा व्यवधानसँग जुध्दै विजय हासिल गर्छ । यसमा हामी सवै प्रतिबद्ध छौं नि होइन ?’ सम्बोधनमा ओलीले प्रश्न गरे ।

यसो भन्दै गर्दा ताली बजााए पनि ओलीले साचेजस्तो ताली नआएको भन्दै अझै किन ताली नबजाएको भन्दै ओली रिसाए । अनि कार्यकर्ता सबैले ताली बजाइदिए ।