प्रचण्डलाई भेट्न स्वीकार गर्ने मोदी यी नेपालीसँग भेटे आखिर किन ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटन अस्वीकार गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेसँगको भेटमा मुस्कुराउको पाइएको छ ।

केही अन्तराष्ट्रिय अर्थशास्त्रीलाई भेटने क्रममा भारतीय प्रधानमन्त्री मोदीले योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेसँग भेट गरेका हुन् । माओवादी अध्यक्ष प्रचण्ड मोदीको भेट नपाएरै फर्केको पर्सिपल्ट वाग्ले आफैले आज सामाजिक सञ्जालमा मोदीसँगको भेटबारे तस्विरसहितको जानकारी दिएका छन् ।

प्रचण्डले अन्तिम समयमा मोदीले किन भेटेनन मलाई थाह भएन भन्ने जानकारी दिएका थिए । वाग्लेले आज सामाजिक सञ्जालमा मोदीसँग हात मिलाएको तस्विर राख्दै आफ्नो कुराले मुस्कुराएको बताए ।

‘।।नेपालको ‘हिट’ करे।।’ भन्दै अर्थशास्त्री वाग्लेले लेख्नुभएको छ, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियो स् हाइवेज, इन्फोवेज र ट्रान्सजेव (हिट) अर्थात पूर्वाधार, डिजिटल अर्थतन्त्र र उर्जा प्रशारणबाट द्रुत बिकास गर्ने पहलमा भारतको साथ हुनेछ ।

१० दिनअघि दिल्लीमा केही अन्तराष्ट्रिय अर्थशास्त्रीहरुलाई भेटने क्रममा मैले यो प्रसंग उठाउँदा मोदीजी मुस्कुराउनुभो ।’

प्रधानमन्त्री देउवा दुई महिनापछि अमेरिका जाने तयारी

अमेरिकाको न्यूयोर्कमा आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा नेपालबाट उच्च तहको सहभागिता रहने भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट उच्चस्तरीय सहभागिता हुने छ।

राष्ट्रसंघको ७७ औं महासभा सेप्टेम्बर १३ मा शुरु हुँदैछ। महासभा अन्तर्गत हाइ लेभल जनरल डिबेट सेप्टेम्बर २० देखि २७ सम्म हुने छ। विश्वका विभिन्न देशबाट उच्च तहको सहभागिता हुने उक्त डिबेटमा नेपालको पनि उच्च तहको सहभागिता रहने भएको हो।

प्रवक्ता लम्सालले नेपालबाट उच्चस्तरीय सहभागिता रहने हिसाबले आन्तरिक गृहकार्य मन्त्रालयले गरिरहेको जानकारी दिइन्। ‘संयुक्त राष्ट्रसंघको ७७ औं महासभा अब छिट्टै शुरु हुन गइरहेको छ। सो अवसरमा नेपालबाट उच्चस्तरीय सहभागिता रहने भन्ने हिसाबले हामीले आन्तरिक गृहकार्य गरिरहेका छौं। मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरिसकेपछि उपयुक्त समयमा हामीले जानकारी गराउने छौँ’ उनले भनिन्।

प्रवक्ता लम्सालले प्रधानमन्त्रीकै तहमा सहभागिता हुन्छ भन्ने स्पष्ट खुलाइनन्। तर जानकार परराष्ट्रका अधिकारीले प्रधानमन्त्री शेर बहादुर देउवा नै राष्ट्रसंघीय महासभामा जानेगरी तयारी भइरहेको बताए।यसअघि प्रधानमन्त्री देउवा जुलाई महिनाभित्र अमेरिका भ्रमणमा जाने तयारी भएको थियो। परराष्ट्र प्रवक्ता लम्सालले प्रधानमन्त्रीको अमेरिका भ्रमणका लागि गृहकार्य भएपनि टुंगोमा पुगिनसकेको बताइन्।

‘यसअघि हामीले एउटा मितिमा भ्रमणका लागि गृहकार्य गरेका चाहिँ थियौँ। भ्रमणको कुरा दुवै पक्षलाई अनुकुल हुनेगरी तय हुने कुरा हो। अहिले तय भएको छैन। त्यसैले अहिले प्रधानमन्त्रीको भ्रमणबारे त्यो भन्दा बढी मैले केही भनिहाल्ने अवस्था छैन’ लम्सालले भनिन्।

अमेरिकाले प्रस्ताव गरेका मिति अनुसार परराष्ट्र मन्त्रालय, अमेरिकी दूतावास र वासिंगटनस्थित नेपाली दूतावासले भ्रमणको तयारी अघि बढाएका थिए।

तर नेपाल सरकारले स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० अघि नबढाउने निर्णय गरेपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अन्योलमा गरेको जानकार अधिकारीहरु बताउँछन्।

स्रोतका अनुसार एसपीपी प्रकरण अघि अमेरिकाले भ्रमणका लागि दुईवटा मिति प्रस्ताव गरेको थियो, पहिलो जुलाई १४ बाट भ्रमण थाल्नेगरी र दोश्रो जुलाई २७ बाट भ्रमण थाल्नेगरी।

तर सरकारले एसपीपीमा नेपाल अघि नबढ्ने निर्णय गरेपछि अमेरिकाले भ्रमणका लागि अनिच्छा देखाएको हो। अमेरिकाले प्रधानमन्त्री देउवाको भ्रमणमा हस्ताक्षर गर्नेगरी सैन्य सम्झौताको मस्यौदा सरकारलाई बुझाएको थियो।

देउवाको भ्रमणमा उक्त रणनीतिक महत्वको सम्झौता गराउने अमेरिकी रणनीतिमा ‘ब्रेक’ लागेपछि भ्रमण रोकिएको सत्तारुढ दलका नेताको पनि बुझाई छ।

सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक साता अघि एसपीपीमा अघि नबढ्ने निर्णयपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको खुलासा गरेका थिए। यद्यपी परराष्ट्रमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्रीको भ्रमण रद्द नभएको दाबी गरिन्।