आफु सिन्को नभाँच्ने अरुले गरेको पनि आलोचना गरिरहने ! के खाले अध्यक्ष चुनेछन ?– हर्क साङ्पाङ

सुनसरी । देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ पनि उतिकै रुपमा पाइरहेका छन् ।

पकुवा खोलाको पानी सर्दुमा झारिसकेपछि अब निशाने खोलाबाट धरानमा पानी ल्याउने भएका छन् ।

खानेपानीको साथमा धरानलाई सुन्दर,ब्यवस्थित सहर बनाउनका लागि पनि हर्क लागि परेका छन् ।

मेयर साम्पांगले फेसबुकमा लेखेका छन् –

एउटा वडाध्यक्षले वृक्ष रोपनको विरोध गरे जस्तो लाग्यो त ! आफु सिन्को नभाँच्ने अरुले गरेको पनि आलोचना गरिरहने ! के खाले अध्यक्ष चुनेछन ! बधाइ ती जनतालाई जस्ले रमिते अध्यक्ष चुने