पशुपति शर्मा, अमित बाबु रोकाय र शान्ती श्री परियारको आवाजमा ‘सिफनको सारी’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायक पशुपति शर्मा, अमित बाबु रोकाय तथा शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत सिफनको सारी भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा सागर रोकायको शब्द तथा तिलक ओलीको लय सिर्जना रहेको छ । गीत सार्वजनिक भएको छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

काजिश श्रेष्ठको निर्देशन रहेको सो गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतमा पशुपति शर्मा,सरोज राना प्रजा,विना राउत र चित्र पुनको अभिनय रहेको छ । गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका छन । गित Purnima Digitalc अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

 यो पनिः