गोरखाली सर्जक सुर्य कुमार परियारको र महेन्द्र तिवारीको मौलिक तिज गित ‘बेदना’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच गोरखाली सर्जक सुर्य कुमार परियारको उत्कृष्ट सृर्जनामा महेन्द्र तिवारीको तिज कोसेली ‘बेदना’ सार्वजनिक भएको छ ।

गायक महेन्द्र तिवारी, पिएन साईला र गायिका जयन्तको आवाजमा सजिएको उक्त गितमा गितकार सुर्य कुमार परियारको उत्कृष्ट शब्द सृर्जना एवम् महेन्द्र तिवारीको लय रचना रहेको छ । निकै मौलिक यथार्थ समाजिक कथाबस्तुमायाप्रेमको दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

विशाल वैरागीको उत्कृष्ट निर्देशन एवम् दिपासा विसीको कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा दिपाशा विसी, रोजिना तिवारी, शुबास परियार र महेन्द्र तिवारी अभिनय संगै डान्सिंग फिचर रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई विरेन्द्र परियारको छांयाकन एवम् अनिल विष्ट प्युठानीको सम्पादन गरेका छन् ।

गित Mahendra Tiwari Official अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः