प्रचण्ड दिल्ली गएको मौका छोपेर नारायणकाजी र ओलीको झांगियो पिरती, प्रचण्डलाई छटपटी !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण गएको मौका छोपेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नारायणकाजी श्रेष्ठको पिरती झांगीएको छ ।

पार्टी फुटपछि एक अर्कामा सत्रुको ब्यबहार गर्दै आएका माओवादी एमालेका नेताहरुमा पानि बाराबारको अबस्था थियो तर प्रचण्ड भारत भ्रमण गएको मौका छोएर नारायणकाजीले ओलीसंग पार्टी एकता र त्यो सम्भव नभए वाम तालमेलको गर्न प्रस्ताव गरेपछि नारायणकाजी र ओलीको पिरती झांगीएको हो।

यसअघि ओलीसंग कुनैपनि एकता तालमेल नहुने भन्दै सार्वजनिक टिप्पणी गर्ने प्रचण्ड नभएको बेला अर्का नेताले ओलीसंग गरेको यस्तो प्रस्तावले प्रचण्डलाई छटपटी हुने निश्चित भएको छ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वाम तालमेलको प्रस्‍ताव गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी एकता नभए पनि वाम तालमेल गर्न प्रस्ताव गरेका छन् ।

अहिले वामपन्थी नेताहरू एकले अर्कालाई सिध्याउन लागिपरेको उनले बताए। यसो गर्दा वामपन्थी आन्दोलन नै सिध्दिने पनि उनले बताएका छन् ।

वामपन्थी आन्दोलन सिध्दिएपछि के हुन्छ त नेपाल। नेपालको ठोस सन्दर्भमा चाहिँ वामपन्थी आन्दोलन सिध्दियो भने नेपालको राष्ट्रियता कमजोर हुन्छ। र यो देशको अस्तित्व संकटमा पर्छ। त्यसैले देश सिध्याउने काम हामीले नगरौं,’ उनले भनेका छन् ।

देश बचाउनको लागि वामपन्थी नेताहरूको एकताको आवश्यकता रहेको उनको भनाइ थियो ।

एकता सम्भव नभए पनि तालमेल वा मोर्चा बनाएर जाऔं भन्ने प्रस्ताव श्रेष्ठले ओलीसमक्ष राखेका थिए।

यसको निम्ति वामपन्थी नेताहरूको एकता आवश्यकता छ। कमसेकम तालमेल तथा मोर्चा गरेर जानुपर्ने आवश्यकता छ,’ उनले भने।

यस्तै उनले सबैले आत्मसमीक्षा गरेर जाऔं पनि भनेका छन्।

‘आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ। सबैसँग विनम्रतापूर्वक आग्रह गर्छु। तुम शेर तो हम सवा शेर भन्ने छाडौं। घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं,’ उनले भनेका छन् ।