हर्क साम्पाङले आफैमाथि गरेको त्यो टिप्पणी, जसले सुकिलाहरुको मुखमा लगाइदियो बुझो !

काठमाडौँ – स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङलाई कुल्ली भनेर उडाउने सुकिलाहरुलाई उनले आफैमाथि गरेको एउटा टिप्पणीले बोल्ने नसक्नेगरी मुखमा बुझो लगाइदिएको छ।

किसान ,मजुदुर नै हो म कुल्ली मेयरनै हो जनता भन्दा फरक हुन मन छैन भन्दै, आफैले आफैलाई कुल्ली भनेर गरेको टिप्पणीले बोल्ने नसक्नेगरी सुकिलाहरुको मुखमा बुझो लगाइदिएको हो।

मेयर साम्पाङले हालै दिएको यस्तो अभिव्यक्तिले फेरी देशभर उनको प्रशंसा आकासियको छ ।

साधारण जीवनशैली र जनतासँगै घुलमिल गरेर काम गर्ने शैलीका कारण विशिष्ट पहिचान बनाएर अघि बढिरहेका साम्पाङको अभिव्यक्तिका निकै नै चर्चा चुलिएको छ ।

आफु साधारण जीवनशैलीमा बस्न चाहने भन्दै साम्पाङले मेयर हुन भन्दा पहिलेको जीवनशैलीमा मेयर भए पछि पनि कुनै फरक नभएको र अब फेरी पनि नहुने बताएका छन् । हिजो पनि जनतासँगै जनता जस्तै भएर बसेको र अहिले पनि जनताभन्दा फरक हुन मन नलागेको उनले भनेका छन् ।

आफुलाई मेयर साब भन्दै कुनै ठूलो मान्छे पल्टन मन नभएको भन्दै साम्पाङले आलोचकहरुले जतीनै आचोचना गरे पनि केही फरक नपर्ने बताएका छन् । आफुलाई सानो मान्छे भन्दै उनले ठूलो मान्छे पल्टीएर जनता भन्दा टाढा हुनु भन्दा सानो मान्छे भएर जनताको वरिपरी बस्नुमै आफुलाई आनन्द भएको बताएका छन् ।

आफुलाई माटो प्रति माया भएको भन्दै ढुगा बोक्ने , डिटि कुट्ने , पाइप बोक्ने काम जनतासँगै मिलेर गर्दा आनन्द आउँने उनले बताएका छन् । जसले माटो छुँदैन उसलाई माटोको माया पनि नहुने पनि उनले दाबी गरेका छन् । माटो नछुनेहरुले नेता भन्दै हिड्न पनि नहुने समेत बताएका छन् ।

आफुले केपी ओली , प्रचण्ड र राजेन्द्र लिंदनेलाई पनि धरान बोलाएको भन्दै साम्पाङले उनीहरु पनि आए भने माटो छोएर पठाउँने बताए । माटो भनेको देशको माया भएको भन्दै उनले जसले माटो छोएको हुन्छ उसलाई माटोको माया हुने बताएका छन् ।