ग्राहकहरुका लागि भगवान बनेर आयो नेपाल टेलिकम, भोलिबाटै दिनेभयो यतिधेरै छुट

काठमाडौँ – नेपाल टेलिकम आफ्ना ग्राहकहरुकालागी भगवान बनेर निस्केको छ ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको सेवाहरूको महसुल शुल्क घटाएर २०७९ साउन १ गतेदेखि लागू हुनेगरी शुल्क घटाइएपछि ग्राहकहरुलाई राहत हुने भएको हो। टेलिकमले भोलीबाटै महसुल घट्ने र नयाँ दर लागू हुने जनाएको छ।

नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागू हुनेगरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको टेलिकमले जनाएको छ।

कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्न जनाएको छ।

यसैगरी साउन १ देखि लागू हुनेगरी समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइएको टेलिकमले जनाएको छ। पहिले उपलब्ध सबै अफरहरूलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको टेलिकमले जनाएको छ। त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफरसमेत थप गरिएको टेलिकले जनाएको छ।

यसअनुसार केही अफरहरूमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम थप भएको छ। यसबाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरूमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको टेलिकमको दाबी छ।