मधेसमा बावुरामको लाग्यो बिल्लीबाठ अरु त अरु, महन्थले समेत दैलो टेक्न दिएनन् !

काठमाडौँ – भर्खरैमा मात्र जनता समाजवादी पार्टी जसपाको संघिय परिषद अध्यक्षबाट कारबाही खाएर बसेका बावुराम भट्टराईको बिल्लीबाठ भएको छ ।

उपेन्द्र यादवसँग छुटिएर लोसपासँग नजिक हुन खोजेका उनलाई उताबाट पनि भाउ नदिएपछि भट्टराईको बिल्लीबाठ भएको हो ।

माओवादी केन्द्र छोडेर नयाँ शक्ति खोलेर घुम्दै डुल्दै मधेश छिरेका बावुराम भट्टराईको राजनिको दुखान्त अन्त्य हुने देखिएको छ ।

कुनै बेला माओवादी पार्टी भित्र प्रचण्डसँग झण्डै बराबरीको हैसियतमा रहेका उनी अहिले कुनै बेलाका आफ्नै कार्यकर्ता उपेन्द्र यादवको हातबाट कारबाही खाने अवस्थामा आइपुगेका छन् ।

उपेन्द्र यादव पक्षले कारबाही गरे पछि बावुरामले अब पार्टी पुनर्गठनको विकल्प नभएको भन्दै नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नयाँ पार्टी खोल्ने की , लोसपा तिर जानेकी बरु माओवादी केन्द्रमै फर्कने की विभिन्न विकल्पमा कुराकानी चलाइरहेका उनले कतैबाट पनि अपेक्षाकृत भरोसा पाउँन सकेका छैनन् ।

माओवादी केन्द्रमा फर्कने बारेमा पटक पटक उपराष्ट्रपति निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुराकानी भए पनि तत्काल सम्भव नभएको खबर छ । उपेन्द्र सँग छुटिए पनि लोसपा तिर महन्थ ठाकुरहरुसँग मिल्ने विचारमा बावुरामा रहे पनि उता बाट सकारात्मक खबर नआएको बताइन्छ ।

जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डा।बाबुराम भट्टराई पक्षसँग सहकार्य गर्ने चर्चा खुबै चलेको थियो । तर अहिले लोसपाले पनि महत्व दिन छाडेको छ ।

लोसपाका नेताहरुले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि विश्वास गर्न नसकिने बरु बाबुराम भट्टराईसँग एकता वा सहकार्य गर्न सकिने अभिव्यक्ति दिँदै आएका थिए । पार्टी एकता गर्ने विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुर र बाबुराम भट्टराईबीच एकपटक छलफल पनि भएको थियो ।

त्यतिबेला बाबुरामसँग एकता गर्न लोसपा निकै उत्साहित थियो तर अहिले त्यति उत्साहित नदेखिएको सो पार्टीका नेताहरु बताउन थालेका छन् । लोसपाका एक नेताले भने, ‘त्यतिबेला बाबुराम एउटा शक्ति जस्तो देखिन्थे, त्यतिबेला उहाँको संसद, केन्द्रीय समिति, कार्यकारिणी समितिमा बहुमत थियो तर अहिले बाबुराम एक्लै हुनुभएको छ । दुईजना सांसद मात्र छन्, करिब एकसय जना केन्द्रीय सदस्य छन्, ५–६ जना कार्यकारिणी सदस्य छन्, त्यस्तोसँग एकीकरण गरेर के गर्नु अहिले हामी त्यति उत्साहित छैनौं ।’

वीरगञ्जमा असार २९–३० गते बसेको जसपाको केन्द्रीय समितिको बैठकले सो पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईसहित नौ जनालाई कारवाही गरेको छ । कारवाहीमा परेपछि अब बाबुराम भट्टराईले कुन बाटो रोज्ने हुन् निश्चित भएको छैन । शुक्रबार उनले एक विज्ञप्ति जारी गरी पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् । नयाँ पार्टी बनाउने कि जसपा मै बस्ने निश्चित नदेखिएका कारण लोसपाले उनलाई त्यति महत्व नदिएको हुनसक्ने नेताहरु बताउँछन् ।