मेयर बालेनले केपी ओलीको तबला बजाए !

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले केपी ओलीको तवला बजाउने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न बुधबार साँझ बालकोट पुगेका बालेनालाई ओलीले तबला उपहार दिएपछि उनले ओलीको तवला बजाउने भएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेतहेका ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए। त्यसक्रममा मेयर शाहलाई ओलीले एउटा तबला उपहार दिएका एमाले नेता कर्णबहादुर थापाले बताएका छन्।

ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि काठमाडौं महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए। जतिबेला बालेन जितउन्मुख थिए।