राष्ट्रपति निवास भित्र छिरेका प्रदर्शनकारिको यस्तो अनौठो हर्कतले विश्वकै ध्यान खिच्यो !

काठमाडौँ – श्रीलंकामा रास्ट्रपति निवास कब्जा गरेर भित्र घुसेका प्रदर्शनकारिले अनौठो हर्कत देखाएका छन्।

श्रीलंकालीहरूले प्रेम खोजिरहेको बताएउदै उग्र बनेका प्रदर्शनकारिहरुले एकाएक प्रेमिल आन्दोलन भन्दै एक आपसमा चुम्बन गर्दै आन्दोलनको अनौठो दृश्यसंगै स्वरुप बदलेका हुन्।

यतिबेला एउटा रोचक–दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो तस्बिर हालैको आन्दोलन क्रममा कैद गरिएको हो ।

‘हामी शान्ति चाहन्छौं,’ भन्दै गरेको सन्दर्भमा केही युवा युवतीले हिंसात्मक प्रदर्शनसँगै एउटा सुन्दर प्रेम बाँडेको दृश्य सामाजिक सञ्जालमा फैलाएका छन् । तस्बिरको पछाडिपट्टी हजारौं मानिस देखिन्छन् ।

छेउतिर युवा र युवती उभिएका छन् । उनीहरू भीडभित्र हराइरहेका छन् । एक अर्कालाई चुम्बन गरिरहेका छन् ।

भागेका पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षे माल्दिभ्स हुँदै सिंगापुर पुगेका छन् । आन्दोलनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवासमा गत सातादेखि कब्जा जमाएका छन् ।

जताततै हिंसा भड्किएपछि संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति भागेको खुशीयाली मनाउन सडकमा निस्किएका प्रदर्शनकारीलाई नियन्त्रण गर्न संकटकाल घोषणा गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास कब्जा गरेपछि आन्दोलनमा सहभागी युवा–युवतीले उत्सव मनाएको तस्बिर न्यूज वायरले खिचेको हो । उनीहरू हिंसासामु प्रेम छरिरहेका छन् ।