साँढे झै बरालिएका गभर्नरमाथि अब बज्यो खतराको घण्टी, उत्साहित लगानीकर्ता

काठमाडौं – पदिय मर्यादाको ख्यालै नगरी अन्टसन्ट बोल्दै आएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई खतराको घण्टी बजेको छ । सरकारले विभिन्न आरोप लगाउँदै छानविन समिति बनाएर निलम्बन गरेपनि सर्वोच्च अदालतबाट अन्तरिम र अल्पकालिन ल्याएर छाडा छोडेको साँडे झै बनेका अधिकारीमाथि खतराको घण्टी बजेको हो ।

उनी कहिले ‘नेपाल श्रीलंका बन्न लागेको’ त कहिले ‘बैंकको व्याज बढे मूल्य बृद्धी घटाउन सकिने’ भन्दै उल्टा पुल्टा कुरा गर्दै आएका थिए । यसरी अन्तसन्ट बोल्नुको पछाडी बलियो प्रतिपक्षी दल नेकपा एमाले रहेको खुलासा भएको छ । गभर्नर अधिकारी आफै नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा नाम आएपछि यस्तो रहस्य खुलेको हो ।

खोटाङको ठेगानासहित ‘एम. अधिकारी’ उल्लेख गरेर गभर्नरलाई विभागमा राखिएपछि नेकपा एमालेतर्फ पनि प्रश्न सोझिएको छ । घनश्याम भूसालले नेतृत्व गरेको ११ सदस्यीय अर्थ तथा योजना विभागका रहेका ‘एम. अधिकारी’ को हुन् भन्नेबारे एमालेले बताउन सकेको छैन । विभाग प्रमुख भूसालले यसलाई अस्वीकार गरेका छन् । ‘हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन् ।

अनौपचारिक रुपमा एमाले नेताहरुले आर्थिक विषयमा दख्खल राख्ने, खोटाङ घर भएका, अधिकारी थर भएका, र ‘एम’बाट नाम सुरु हुने एमाले निकट ‘विद्वान’ अरु कोही नभएर गभर्नर नै भएको बताएका छन् । मंगलबार नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपनि) बाटै गभर्नरको नाम विभागीय सदस्यका रुपमा सार्वजनिक भएको हो ।