घनश्याम भुसालको टिप्पणी : माओका चेला देउवाले प्रयोग गरे

नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालका कम्युनिस्ट पार्टी माओका चेला भएपनि काँग्रेस सभापति शेरबहादुर देउवाले प्रयोग गरेको बताएका छन् । नेता भुसालले सामाजिक सञ्जालमा माओत्सेतुङले धेरै पटक व्याख्या गरेको एउटा सिद्धान्त ‘संयुक्त मोर्चा’ भएको स्मरण गर्दै त्यसले ‘प्रमुख विपक्षीका विरुद्ध क्रान्तिका सबै सहयोगीहरुलाई एकत्रित गर्नु नेतृत्वको योग्यता भएपनि नेपालका कम्युनिस्टहरूका अगाडि एउटा मर्मान्तक तथ्य भएको बताएका छन् ।

उनले भनेका छन्, ‘श्रीमान् देउवाले योग्यताका साथ संयुक्त मोर्चाको प्रयोग गरेका छन् र माओका चेलाहरू प्रयोग भएका छन् ।’

भुसालले यस्तो लेखेका छन् :

माओत्सेतुङले धेरै पटक व्याख्या गरेको एउटा सिद्धान्त ‘संयुक्त मोर्चा’ हो । त्यसले भन्छ– प्रमुख विपक्षीका विरुद्ध क्रान्तिका सबै सहयोगीहरुलाई एकत्रित गर्नु नेतृत्वको योग्यता हो । तर नेपालका कम्युनिस्टहरूका अगाडि एउटा मर्मान्तक तथ्य छ– श्रीमान् देउवाले योग्यताका साथ संयुक्त मोर्चाको प्रयोग गरेका छन् र माओका चेलाहरू प्रयोग भएका छन् ।