ट्याप, ट्याप… थ्याङ्कयु सो मच.. रोज रोज प्लिज.. भन्दै रामकुमारी झाँक्री टिकटक लाइभमा आइन्, हेर्नुहोस् यो रमाइलो भिडियो

काठमाडौं :

नेकपा समाजवादीकी नेत्री तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले टिकटक चलाउन थालेको धेरै समय भयो ।

तर पछिल्ला दिनमा उनी लाइभमा नै आएर उनी लाइभमा नै बस्न थालेको देखिन्छ । मन्त्री भएपछि लाइभमा केही कम समय दिएकी उनी मन्त्री पद फुस्किए लगत्तै लाइभमा आएर ट्याप, ट्याप… थ्याङ्कयु सो मच.. रोज रोज प्लिज भन्न थालेको भिडियो भाइरल बनिरहेको छ ।

उनको हालै बाहिर आएको भिडियोमा उनी गिफ्ट माग्दै गरेको देखिन्छिन् । लाइभमा आएका उनका फ्यानले एमालेमा फर्किनुहोस् भन्दा उनले त्यस्ता कुरा नर्गनुहोस् न साथीहरु भन्छिन् ।

हाल आँफु समाजवादीमा नै रहेको बताउँदै उनले भन्छिन् ल उहाँले रोज गिफ्ट गर्नुभयो धन्यवाद । लाइभमा एकजनाले माकुने काकाको खबर के छ भनेर सोधेपछि लाइभमा नै उनले त्यस्तो कुरा नलेख्न अनुरोध गर्छिन् । सबैलाई धन्यवाद भन्दै गर्दा कुनै बेला ‘थ्याङ्क्यू नानी बाबु’ भनेर ट्रेन्ड चलेको कुरा पनि उनले सम्झाउँछिन् ।

आफ्नो लाइभमा ७ सय बढी व्यक्ति आएपछि उनले भन्छिन् अहिले ७०० कतिजना हुनुभाछ ।

तपाईंहरु अलिकति ८००, अलिकति बढ्नुभयो भने सानो म्यासेज भन्न चाहान्छु भन्दै उनले आँफु साढे आठ महिना, नौं महिनापछि मात्रै यो टिकटकको लाइभमा आको भन्दै मन्त्री पद फुस्किएपछि आएको जानकारी गराउँछिन् । झाँक्रीले लाइभमा देखाएको रमाइलो प्रस्तुती हेर्नुहोस् भिडियोमा