काँग्रेसले, माओवादी र नेकपा एसलाई अपमान गरेको एमालेको ठहर

काठमाडौं १९ असार । नेकपा एमालेले सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई अपमान गरेको निष्कर्ष निकालेको छ ।

आइतबार बसेको एमालेको सचिवालय बैठकले सत्ता गठबन्धन र सरकारमा सहभागी दलहरुको विषयमा छलफल गर्दा यस्तो निष्कर्ष निकालेको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म सत्ता गठबन्धन जानेमा आशंका समेत रहेको एमालेले निष्कर्ष निकालेको छ ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले काँग्रेसले माओवादी र नेकपा एसलाई अपमान गरेको र अर्को चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ भन्नेमा विश्वास नभएको बैठकले निष्कर्ष निकालेको जानकारी गराएका छन् ।