पूर्वप्रेस सहयोगीबारे झाँक्रीको टिप्पणी— मेरो विरूद्ध लेखेवापत कसरी तलब दिनू !

काठमाडौं । पूर्वप्रेस सहयोगी कान्ति न्यौपानेले तलव नपाएको गुनासो गरेपछि पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कामै नगरेको टिप्पणी  गरेकी छन् ।

मेरो सचिवालयमा यस्ता पत्रकार राख्ने सुविधा थिएन । माधव कमरेडले पत्रसहित पटक—पटक फोनमा यी कान्ति न्यौपाने अष्टलक्ष्मी शाक्यको प्रेस हेर्ने गरी उता जान लागेकी थिइन् । हामी सरकारमा जान्छौं र कुनै मन्त्रीको प्रेस हेर्ने गरी नियुक्ति दिउँला भनेर ल्याएको हो जसरी पनि कतैबाट मिलाएर तलव खुबाउनु राख्नु भन्नु भयो । पार्टी नेताको आदेश त मान्नै पर्‍यो । तर, तलव कहाँबाट खुवाउनू,” झाँक्रीले मुख खोलेकी छन्।

उनले कान्तीले कामै नगरेको फेसबुक स्ट्याटस लेखेर असहयोग गरेको आरोप पनि लगाएकी छन् । “नेपाल सरकारमा यस्ता पदमा जागिर लगाउन कुनै ठाउँ हुदैन । प्रसाशनिक पदमा त कानुन त जागिर लगाउन मिल्दैन । मैले पाउने दुइजना ड्राइभर गाडी चलाउनु पर्‍यो । दुई जना सहयोगी मेरो परिवारको लागि खाना पकाउन चाहयो । स्वकीय सचिवमा एक जनाको तलव पार्टी कार्यालय पठाइदिनु भन्ने निर्णय थियो ।अरू दुईजना मेरा जिल्लाको पार्टीले सिफÞारिस गरेका स्वकीय सचिव, जिल्ला र मेरो काममा सहयोग गर्न चाहियो,” उनले भनेकी छन्, “त्यसैले मैले मंसिर, पुस, माघ र फागुनको तलव दैनिक ज्यालादारीमा राखेर खुवाएँ ।”

उनले थप भनेकी छन्, “पहिलो कुरा तलव दिने ठाउँ छैन, दोस्रो उनको मलाई कुनै सहयोग छैन ।”