नेपाली राजदूताबास लण्डन द्वारा ५४६.८ माइलको दूरी मा रहेको ऐबर्डीन मा घूम्तीसेवा सम्पन्न।

ऐबर्डीन, स्कटलैण्ड

एनआरएन संस्थाको केन्द्रको चुनावी खैलाबैला एक अर्कोंमा दोषारोपण का अनलाइन खबर बाट दीक्क भएका ऐबर्डीन बासी नेपाली समुदायीहरु एनआरएनए स्कटलैण्डको निमन्त्रणामा नेपाली राजदूताबासले समयमै घूमती सेवाको उपलब्दि पछी समुदायमा उत्साह बड़ेको छ।
एनआरएनए युके २०२१ -२३ को चुनाव सकिए लगतै एनआरएन यूकेका उपाध्यक्ष मोहन कार्की, एनआरएनए स्कटलैण्ड नेपाली नगरिकताको निरन्तरता एजेन्ड़ाको संयोजक द्वारा नेपाली राजदूताबासमा स्कटलैण्डमा राजदूताबासको घूमतीसेवाको बिषयमा पहिलो ज्ञापन पत्र बुझाउनका साथै एनआरएन स्कटलैण्डका टीम अध्यक्ष काशिराम भण्डारी, उपध्यक्ष उज्जल कार्की, कोषाध्यक्ष शर्मिला भण्डारी सबै टीमको तर्फ द्वारा पनि घूम्ती सेवाको लागी ज्ञापन पत्र राजदूताबासमा गई बुझाएको थियो। सो तालिका बमोज़िम राजदूताबासले स्कटलैण्डको नोर्थ-ईस्ट ऐबर्डीन बाट दोस्रो चरणको घूमती सेवा कार्यक्रम सफलता का साथ सम्पन्न भएको छ।


नेपाली राजदुतावास टोली प्रमूख रामबाबु नेपाली, एनआरएन स्कटलैण्ड प्रमूख काशीराम भण्डारी र एबर्डीन सामाजिक संस्था अध्यक्ष नबीन छेत्रीले हामीहरु बीच शहर, एम्बेसी र नेपाली डेस्पोरा को सम्बंध अर्कों चरणको सुरुआत भएको क़ुरा ब्यक्त गर्दै एबर्डीनमा सधैं एकता भई रहनहुन अनुरोध गरीएको छ साथै ऐबर्डीनका समाजसेबी अरुण रिजालले विभिन्न मीडिया मार्फ़त आयोजक र राजदूताबास प्रति ऐबर्डीन सबैको तर्फबाट धन्यबाद ज्ञापन गरेका थिए।


उक्त नेपाली राजदुतावासको कार्यर्कमका लागी नेपाली हिमालयन एसोसीयसन एबर्डीनका अध्यक्ष नबीन कुमार छेत्री र टीमले एनआरएन स्कटलैण्ड र नेपाली राजदुतावास टीम प्रति खूसी तथा आभार ब्यक्त गर्रेका थिए भने सेवा लिने जनसमुदायले एनआरएनए स्कटलैण्ड, राजदुतावास र हिमालयन एसोसीयसन प्रति खूसी र धन्यवाद दिनका साथै ऐबर्डीनमा नेपाली समुदायहरुले आफूहरु भएको शहर मा नेपाली राजदुताबास ले घुम्ती सेवा र नेपाल अनूसन्धान केन्द्र का संस्थापक माहाबीरको पुन को भ्रमण सबैको मन र मस्तिष्कमा रहीरहने र भविष्यमा हुने ऐबर्डीन लछि्त नेपाल र नेपाली सेवामूलक काममा सहयोगी बन्न कोही पनि पछी नपर्ने क़ुरामा ऐबर्डीनका समाजसेबीहरु, संस्थाहरू, सफल व्यवसायीहरू, समाजका अग्रजहरुले राम्रो समिक्षा गरेका छन्।


कासीराम भण्डारीको टीमलाई इण्लैण्ड राज्य परिषदका अध्यक्ष लाल बहादुर गुरूंग, एनआरएन युके का उपाध्यक्ष मोहनकार्की, एनआरएन स्कटलैण्डका उपाध्यक्ष उज्जल कार्की ले एबर्डीका संयोजक, एम्बेसी टीम र संस्थाका साथीहरु फ़ोन बाट आफू हरुको उपस्थिति नरहे पनी उक्त काम सफ़ल पार्न सुरु बाट आफूहरुले खेलेको भूमिका र भविष्य गरीने सहयोग का बारेमा सूचित गर्दै सबै नेपालीमा एकता भई नेपाल र नेपालीको सहयोगी बन्न सबैलाई आह्वान गरेका थिए।


२७ जून मा लिभिनस्तोन् मा हुने घुमती सेवा बाट पनी अरु छूटेका हरु आइ सेवा लीन सक्ने अनुरोध गर्दै एम्बेसी टोली र एनआरएन टोली द्वारा आग्रह गरेका छन्। उक्त कार्यर्क्रममा नेपाली भोजन ८८४८ रेष्टुरेन्ट बाट उपलब्ध गरीएको थियो। समाचार उपलब्द गराइदिनहुने घनश्याम भण्डारी लाइ धन्यबाद।