देउवा–प्रचण्डले गल्ती स्वीकारे

काठमाडौं । सत्ता साझेदार नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन्। पार्टीको केन्द्रीय कमिटी चौथो बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनको आवश्यकता अहिले पनि रहेकाले निर्वाचनसम्म कायम हुने बताएका छन्।

‘स्थानीय तहको निर्वाचनमा कतिपय पार्टीले धोका दिए। हामीले पनि राम्रोसँग पार्टी परिचालन गर्न नसकेर अपेक्षित परिमाण ल्याउन सकेनौँ, तर पनि गठबन्धन आवश्यक छ,’ नेपालले भने, ‘गठबन्धन दल मिलेर जाऊँ भन्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि विगतका गल्तीको आत्मालोचना गरेर सङ्घीय निर्वाचनमा गठबन्धन गरेर जाने भन्नुभएको छ।’

उनले स्थानीय तहमा जनताको मत प्राप्त गरेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए। नेपालले स्थानीय तहमा पाएको मतको आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा मत बढ्ने बताए।

‘हामीले १६५ निर्वाचन क्षेत्रमा जित्ने सम्भव नै छैन’, उनले भने, ‘तर उम्मेदवार उठाउने स्थिति कहाँ–कहाँ छ। वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्नुपर्छ।’

नेता नेपालले मुलुकमा बढेको महँगी नियन्त्रण गर्नुपर्ने बताएका छन्। विपन्न र गरिब परिवारलाई विशेष सहुलियत दिने कुरा पाँच दलीय बैठकमा भएको पनि उनले बताए।