तिमी ‘भर्जिन’ हो भन्ने प्रश्नमा मोडल अञ्जली अधिकारीको यस्ताे जवाफ !….(भिडियोसहित)

मनोञ्जन दुनियाँका हसिला रसिला अन्र्तवार्ता लिने उत्सव रसाईलीसँगको कुराकानीमा उनले आफू कन्याकुमारी (भर्जिन) नरहेको खुलासा गरेकी हुन् ।

अविबाहित मोडल अञ्जली अधिकारीलाई उत्सव रसाईलीले आर यू भ र्जिन भनेर प्रश्न गर्छन् । उनले बडो शानका साथ नो भन्छिन् ।

अञ्जलीले नो भन्दा उत्सव रसाईली अचम्ममा परेजस्तो गर्छन् । त्यसपछि उसले फेरी प्रष्ट पार्न खोज्छिन् । अहिलेका केटीहरु १३, १४ बर्षमा महिनावारी भइसकेपछि कहाँ भ र्जिन बाँकी रहन्छन् र ? उनले भन्न खोजेको कुरा उत्सव रसाईलीले थप क्लियर गर्न सक्दैनन् कुरा यत्तिकैमा मोडिन्छ ।

दुबै जना हासोको फोहोरामा हराउछन् । अर्को अन्र्तवार्तामा उनले कुनैपनि चलचित्रमा तपाईलाई न्यू ड सिनको अफर आयो भने ? अञ्जलीले त्यहाँपनि आफूलाई चुकाएकी छिन् । उनले पहिले पैसा हेर्छु कति छ त्यसपछि ओके भन्दिन्छु ।

अहिले सामाजिक सञ्जालमा समेत त्यो क्लिप भाइरल छ । पैसा भए जेपनि गर्ने रहिछन् भनेर उनको तिव्र आलोचना गरिएको छ । सेलिब्रिटीहरु कहिलेकाहीँ अन्तरवार्तामा स–साना कुरामा चिप्लिँदा ट्रोलको शि कार हुनुपर्छ ।

जस्तो कि अहिलेकी हटकेक मोडल अञ्जली अधिकारी धेरै पटक अन्तरवार्तालाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् । एउटा यूट्यूव च्यानललाई दिएको अन्तरवार्तामा अञ्जलीलाई उनको ‘रिलेसनसिप स्टाटस’ बारे सोधिएको थियो । तर, जवाफमा अञ्जलीले ‘फेसबुक स्टाटस’को कुरा गर्न थालिन् ।

‘मेरो स्टाटसमा प्राय गीतहरु नै हुन्छन्, आफूले खेलेका भिडियोका क्लीप्सहरु पनि राख्छु,’ उनले दिएको यही जवाफको क्लीप फेसबुक ग्रुपहरुमा सेयर भइरहेको छ । र, अंग्रेजी नजानेको भनेर धेरैले उनलाई खिसी गरेका छन् ।

यसमा नायिका तथा निर्मात्री दीपशीखा खड्काले अञ्जलीको बचाउ गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुमाथि आपत्ति जनाउँदै स्टाटस लेखेकी थिइन् । अंग्रेजी नेपालीको मातृभाषा नभएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘आफ्नो मातृभाषा नजानेको भए पो लाज, अरुका भाषा नजान्दा केको लाज ?’

उनले यूट्यूवरलाई पनि दनक दिएकी थिइन् । दिपशीखाले लेखेकी छन्, ‘एउटा यूट्यूवरले एउटा कलाकारको इन्टरभ्यू लिन्छ । अरे लाईभ त होइन नि यार । असुद्ध कुराहरु नराखे पनि हुन्छ नि । त्यसैलाई हाइलाइट गर्छन् । अरे अर्काको इज्जत फुकेर आफ्नो चुलो कि बाल्नु के ? किन ?’

त्यसो त ट्रोलको शि’कार हुने नेपाली सेलिब्रेटीमा अञ्जली मात्र एक हैनन् । बोल्दा जिभ्रो चिप्लेर ट्रोलको शि’कार हुनुको पीडा सायद नायिका प्रियंका कार्कीलाई जति कसलाई थाहा होला र ? उनले केही वर्ष अगाडि एउटा अन्तरवार्तामा बोलेको संवाद अहिले पनि हाँसोको विषय बन्ने गरेको छ ।

भर्खरै अमेरिकाबाट फर्केको बेला प्रियंकाले एक यूट्यूव च्यानललाई अन्तरवार्ता दिएकी थिइन् । उनलाई सोधिएको थियो– अमेरिका तपाईंको कतिऔं पटक हो ?’ यो प्रश्नमा उनले उत्साहित हुँदै जवाफ दिएकी छिन्, ‘अमेरिका मेरो फस्र्ट टाइम हो । यूके यूएस त धेरै पटक पुगिसकेँ । तर पढाई सकेर नेपाल फर्किएपछि म पहिलोपटक अमेरिका आएकी हुँ ।’

धेरै वर्ष अमेरिका बसेकी प्रियंकाले यूएस र अमेरिका एकै हो भनेर नबुझेकी पक्कै होइनन् । तर, जिभ्रो चिप्लिनु उनको दुर्भाग्य भएको छ । उनै प्रियंकाले केही समयअघि अर्को एउटा अन्तरवार्तामा अझै ठूलो गल्ति गरेकी छन् । आफ्ना प्रेमी आयूष्मान देशराजसँगै दिएको अन्तरवार्तामा उनको मुखबाट अञ्जानमा छाडा शब्द निस्केको थियो ।

त्यसो त केही समय अगाडि नायिका रेखा थापाले अन्तरवार्तामा हँसाएकी थिइन् । अमेरिका जाँदा उनले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘अमेरिकामा रहेका नेपालीहरु एकदमै होमलेस भएको मैले पाएँ ।’ खासमा उनले ‘होम सिक’ भन्न खोजेकी थिइन् । होमलेस भन्न पुगिन् ।