प्रेम आलेले मनपरी बोल्दै धकेकेला ‍‍‍वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीको जागिर चट, प्रेम आलेले भनेको नमानेकै कारण उनको जागिर गएको हो ?

काठमाडौं :

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेका थिए । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।

संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई स्पष्टीकरण पनि सोधेको थियो ।

मन्त्री आलेले आँफुले करिब १ दर्जन ब्यक्तिलाई निगममा जागिर खुवाइदिन भनेको तर अधिकारीले ढिला गरेकै कारण उनले कार्यालयमा नै पुगेर छाडा बोल्दै धकेलेका थिए ।

जसपा फुटाएर सत्ता ढाल्ने कसरत असफल : जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलह’ सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो ‘दबदबा’ कायम राख्ने योजनामा पार्टीका दुई खेमामा लागे।

बाबुराम भट्टराई पक्षधरले उपेन्द्र यादवलाई कमजोर पार्ने रणनीतिबमोजिम प्रदेशका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलनको अभियान नै थाल्यो।

यो प्रदेशका जसपा अध्यक्ष अशोक यादवका अनुसार भट्टराई समूहको यो अभियान गोप्य रूपमा गरिएको थियो। उपेन्द्र समूहका अशोक भन्छन्, ‘एक डेढ महिनाअघि भट्टराई समूहले हाम्रो प्रदेशका केन्द्रीय सदस्यहरूलाई गोप्य रूपमा हस्ताक्षर सङ्कलनको अभियान सुरु गर्न थालेका थिए तर उनीहरू सफल भएनन्।