काठमाडौंमा हैजाका बिरामी भेटियो, सतर्क रहन मन्त्रालयको अपिल

काठमाडौं, ५ असार । काठमाडौंमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको हो ।

उनीहरुको टेकु अस्पतालमा उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ ।