रवि लामिछाने, रञ्जु दर्शनाहुँदै रमेश खरेलसहित यी करिब दर्जन चर्चित अनुहारद्धारा उम्मेद्धारीको घोषणा, कहाँकहाँबाट दिँदैछन् उम्मेद्धवारी ?

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्धारको प्रमुख तहमा जित हाँसिल संगै देशको राजनितीक माहोल तातिएको छ ।

काठमाण्डौमा मेयर बालेन शाह र धरानमा हर्क साम्पाङको जितले आउँदो संसदीय चुनावमा स्वतन्त्र उम्मेद्धारीको लहर सुरु भएको छ । खासगरी राजधानी काठमाडौंका विभिन्न क्षेत्रबाट थुप्रै युवाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरिरहेका छन् ।

यसरी स्वतन्त्र उम्मेद्धारलाई एकत्रित गर्न बालेन्द्र काठमाडौंको महानगरमा विजयी हुँदा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले अहिले प्रमुख भुमिका खेलिरहेका छन् । काठमाडौंको क्षेत्र नम्बर ८ का स्थायी बासिन्दा सायमीले सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् । उनी यतिबेला आफूले चुनाव जित्ने ध्याउन्नमा मात्रै छैनन्, अरु स्वतन्त्र उम्मेदवारहरुलाई पनि संगठित गर्न लागिपरेका छन् ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा गर्ने तयारीमा रहेकाहरुसँग सायमी निरन्तर संबादमा रहेका छन् । उनले धरान उपमहानगरमा स्वतन्त्रबाट जितेको मेयर हर्क साम्पाङसँग पनि छलफल गरिरहेको जानकारी दिए । यसपाली बिशेष गरेर काठमाण्डौमा भने स्वतन्त्र उम्मेद्धारको चर्चा बढी देखिएको छ । जसमध्ये चर्चित अनुहारहरुमा पत्रकार रबि लामिछाने, बिबेकशीलकी पुर्व नेतृ रञ्जु दर्शना , पुर्व डिआईजी रमेश खरेल लगायत रहेका छन् ।

विवेकशीलबाट अघिल्लो स्थानीय चुनावमा काठमाडौंको मेयरमा लडेर २३ हजारभन्दा बढी भोट ल्याएकी रञ्जु दर्शना काठमाडौंको क्षेत्र नम्बर ५ बाट लड्ने तयारीमा रहेकी छिन् । यो निर्वाचन क्षेत्रबाट विगतमा विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापाले चुनाव लड्दै आएका थिए ।

त्यस्तै चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि राजनीतिमा लाग्ने भन्दै गत साता टेलिभिजनबाट राजीनामा दिए । उनले काठमाडौंबाट चुनाव लड्ने मनसाय बनाएका छन् । भोली उनले यसका बारेमा बिस्तृत जानकारी दिने बताई सकेका छन् ।

धेरैले उनलाई पनि स्वतन्त्र लड्न सुझाव दिएका छन् । काठमाडौंबाटै उम्मेदवारी दिने तयारी गरेका अर्का चर्चित व्यक्ति हुन् रमेश खरेल । उनी काठमाडौं क्षेत्र नं १ बाट लड्ने तयारीमा रहेका छन् । आफैंले निर्माण गरेको सुशासन पार्टीमार्फत उनले उम्मेदवारी दिन लागेका हुन् । नेपाल प्रहरीमा छँदा सबैमाझ एकदमै राम्रो छवि बनाएका खरेल यसपटकको बलियो उम्मेद्धारका रुपमा देखिएका छन् ।