प्रचण्डकी नातिनी विद्यार्थी संगठनको केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी सृष्टि केसी (दाहाल) अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । स्वर्गीय ज्ञानु दाहालकी छोरी सृष्टिलाई आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

विद्यार्थी संगठनमै नभएकी सृष्टिलाई अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यमा राखेकी हुन् । तर, अध्यक्ष पञ्चा सिंहले दृष्टि लामो समय विद्यार्थी संगठन मै काम गरेकाले केन्द्रीय समितिमा राखिएको प्रतिक्रिया दिइन् । ‘सृष्टि लामो समय अखिल क्रान्तिकारीमै हुनुहुन्थ्यो । अहिले केन्द्रीय समितिमा राखिएको छ’ सिंहले भनिन्, ‘हामीले अध्यक्ष कमरेडको नातिनी भनेर राखेका होइनौ । योगदान गरेको भनेर राखिएको हो ।’