फिल्मीपाराले राजनिती हुँदैन भन्दै रवि लामिछानेलाई आफ्नै दाईले यतिसम्म भने !

पूर्णकालिन राजनितिमा लाग्ने भन्दै ग्यालेक्सी फोर के टेलिभिजनबाट अलग भएर तयारी गरिरहेका रवि लामिछाने र उनका दाजु पूर्वसंचारकर्मी हरिशरण लामिछाने दुवैले आगामी प्रतिनिधीसभाको निर्वाचनमा प्रतिपष्र्धा गर्ने भएका छन् ।

रविले काठमाडौँमा कार्यक्रम गरेर आफ्नो राजनितिक यात्राका बारेका बेलिविस्तार लगाउँछु भनेको अघिल्लो दिननै उनका दाजु हरिशरण लामिछानेले स्वतन्त्रहरुको संजालनै बनाएर उमेदवारी घोषणा गरेका छन् । हरिशरणको यस्तो कदम पछि व्यापक चर्चा चुलिएको छ।

रविले कुन क्षेत्रबाट निर्वाचनमा प्रतिष्पर्धा गर्ने हो यकिन खुलाएका छैनन् तर उनको भित्री इच्छा भने काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिष्पर्धा गर्छु भन्ने खालको बुझिएको छ । रविले आँखा लगाइरहेको क्षेत्रबाटै उनका दाई हरिशरणले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् ।

लामो समय रेडियो नेपालमा काम गरेर रिटायर्ड भएका हरिशरणले रविले पुर्णकालिन राजनितीमा लाग्ने घोषणा गर्नु भन्दा पहिलेनै आउँदो प्रतिनिधीसभाको निर्वाचन लड्ने घोषणा हरिशरणले गरेका थिए । काभ्रे या काठमाडौँ कहाँबाट लड्ने यकिन नगरेका उनले अहिले भने काठमाडौँ ३ बाट प्रतिष्पर्धा गर्ने निधो गरेका छन् जुन क्षेत्र रविले पनि टार्गेट गरेको क्षेत्र हो । र् एउटै क्षेत्रमा दाजुभाइको प्रतिष्पर्धा हुने अवस्था देखीए पछि रवि लामिछानेलाई सबैभन्दा पहिले आफ्नो घर मिलाउँनु पर्ने चुनौती देखिएको छ । हठात टेलिभिजन छोडर राजनितिमा होमिएका रविको पारा उनकै दाईलाई पनि मन परेको रहेनछन् । हरिशरणले फिल्मी शैलीले राजनिती नहुने भन्दै रविलाई सबक सिकाएका छन् ।

हरिशरणले भाइ रविले फिल्मी शैलीमा राजनीति गर्न खोजेको बताए ‘राजनीति भनेको अर्कै क्षेत्र हो। सबै कुरा सोचविचार गर्नुपर्छ। उसले त अपर्झट टिभी छोडेको छ। फिल्मी शैलीले त राजनीति होलाजस्तो मलाई लाग्दैन,’ उनले भने।

रविले एकै खालको कुरा नगरेको आरोप पनि हरिशरणले लगाएका छन् । कहिले स्वतन्त्र उठ्छु भन्ने कहिले पार्टी खोल्छु भन्ने कहिले पार्टी प्रवेश गर्छु भन्ने जस्ताकुराहरु रविले गरिरहेको भन्दै उनले यो पाराले गारो हुने बताएका छन् ।

उनका अनुसार रविले पार्टी खोल्न सक्छन्।मैले काठमाडौं(३ भाइलाई छोड्नुपर्ने हो भने त्यहीअनुसार भन्नुपर्‍यो,’ उनले भने, ‘मैले स्वतन्त्र सञ्जालमा कोर्डिनेसन गरिरहेको छु। यो भोलि पार्टी बन्न पनि सक्छ। पार्टी बन्यो भने युवाहरूलाई प्रत्यक्ष उम्मेदवार बनाएर म समानुपातिकमा पनि बस्न सक्छु।’

स्थानीय चुनावबाट काठमाडौं, धरान र धनगढीमा स्वतन्त्रले जितेकोले एउटा मुभमेन्ट आएको बेला देशभर कम्तीमा ८र१० ठाउँमा युवाहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुपर्छ भनेर आफूहरूले तयारी गरिरहेको हरिशरण बताउँछन्।

‘स्वतन्त्र उम्मेदवारीले धेरै कुरामा असर पार्छ। जनताका आवाज बोल्न पनि यसले सहयोग पुर्‍याउँछ भन्ने हो,’ उनले भने। असार १७ र १८ मा भेला गरेर जिल्ला(जिल्लाका मानिसलाई पनि स्वतन्त्र सञ्जालमा जोड्ने उनले बताएका छन्।

‘हामीले कस्ता मुद्दा उठान गर्ने भनेर राष्ट्रिय भेला गर्न लागेको हो,’ उनले भने।राष्ट्रिय भेला प्रत्यक्ष प्रसारण गरिने पनि उनले बताएका छन्। उनले स्वतन्त्र उम्मेदवारीको चर्चा चलेसँगै विभिन्न पार्टीबाट अफरसमेत आउन थालेको दाबी गरेका छन्।

हरिशरणले घोषणा गरेको अलाइन्समा सुमन सायमी पनि छन्। सायमी गएको स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा उठेका थिए। नेपाल भाषा, संस्कृति र यहाँका रैथानेहरूको भूमि संरक्षणसम्बन्धी मुद्दामा लामो समयदेखि आन्दोलन गर्दै आएका सायमीले काठमाडौंको मेयरमा १३ हजार ७ सय ७० मत ल्याएका थिए।