हद पार गर्दै पर्यटमन्त्री आलेले कु ट्न थाले नेपाल एयरलाइन्सका कर्मचारी

काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अ श्लील शब्द प्रयोग गर्दै नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हा तपा त गरेका छन्।

मन्त्री आलेले आफ्नो कार्यकक्षमा बोलाएर हा तपा त गरेका हुन् । अ श्लील शब्द प्रयोग गर्दै एयरलाइन्सका अध्यक्ष अधिकारीमाथि हा तपा त गरेकाे पर्यटन मन्त्रालय उच्च स्रोतले बताएकाे छ । एयरलाइन्सका अध्यक्ष अधिकारीलाई गा ली गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ ।

मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा आफ्ना मान्छे राख्न खोजेको र अध्यक्ष युवराज अधिकारीले नमानेका कारण उनी जाइलागेको बताईन्छ । अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेको र अन्यको प्रकृया अगाडी बढेका बेला मन्त्री आले जाइलागेका हुन् । मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन ध म्क्याउँदै आएका बेला पछिल्लो समय जाइ नै लाग्न पुगेको स्रोत बताउँछ ।

अध्यक्ष युवराज अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाउँदै आएका बेला प्रेम आलेको फेला परेका हुन् । मन्त्री आलेले यसअघि पनि एक युवकलाई जथाभावी बोल्दै धम्की दिएको अडियो भाइरल बनेको थियो । सो प्रकरणमा उनीमाथी छानबिन, कारवाही केही पनि अघि बढाइएन ।