काँग्रेसी बने लगत्तै भुवन केसीले दिनदिनै यसरी हटाउन थालेका छन् शेरबहादुरलाई, भुवन दिनकै बालुवाटार धाएर पारे हैरान

काठमाडौं, ३ असार ।

सदावहार नायक भुवन केसी पार्टी फेरिरहन माहिर कलाकार हुन् । कुनै समय एमालेबाट चुनाव लड्ने तयारी गरेका केसी एक समय राप्रपामा समेत गएको हल्ला चल्यो ।

खासमा एमालेको ट्याग लागेका कलाकार केसी हालसालै नेपाली कांग्रेसमा प्रवेश गरेदेखि फेरी चर्चामा छन् । चलचित्र विकास बोर्डको अध्यक्ष बन्न दिनहुँ बालुवाटार धाउन थालेका भुवन केसी कांग्रेस प्रवेश गर्नुपुर्व उनी काठमाडौंको मेयरमा चुनाव लड्ने पनि हल्ला चलेको थियो ।

यही बीचमा उनी कांग्रेस प्रवेश गरे । केसी कांग्रेसमा प्रवेश गर्नेबित्तिकै उनी कुनै लाभको पदमा पुग्ने लख काटिएको थियो । नभन्दै पार्टी प्रवेश गरेको धेरै दिन नहुँदै केसीले चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी ताके ।

उनी कांग्रेस प्रवेश गर्नु पहिलेदेखि नै विकास बोर्डको अध्यक्ष बन्नेगरि गृहकार्यमा जुटेको उृनी निकटहरु बताउँछन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको बोर्डमा केसी आउन चाहेपनि उनलाई ल्याउन नहुने भन्दै कांग्रेसनिकट कलाकारहरु नै सक्रिय भएको बताउँछन् ।

केसी निरन्तर धाइरहन थालेपछि प्रधानमन्त्री देउवा भने अन्य कलाकारहरुको विरोधको कारण अहिले पर्ख र हेरको रणनीतिमा छन् । के साँच्च्किै खालान् त भुवनले बोर्डको अध्यक्ष देउवाकै पालामा ?