पुल उद्घाटन गर्न पत्निसहित पुगेका मेयर पुल भाँचिएर खसे : भिडियोमा कैद भयो यस्तो दुर्लभ दृश्य, मेयरको भयो बेहाल

पुल उद्घाटन गर्न पत्निसहित पुगेका मेयर पुल भाँचिएर खसे : भिडियोमा कैद भयो यस्तो दुर्लभ दृश्य, मेयरको भयो बेहाल

मेक्सिकोको क्वेर्निभाकामा पुल उद्घाटन गर्न पुगेका मेयर सहितका पदाधिकारीहरु पुल भाँचिएर पछारिएका छन् । पुल उद्घाटनका लागि महानगरपालिकाका मेयरसहित अन्य पदाधिकारी त्यहाँ पुगेका थिए । उनीहरु चढेको पुल भाँचिदा मेयरसहित करिब २ दर्जन मानिसहरू पुल मुनि खसेका थिए ।

सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । द गार्डियनका अनुसार मेयरले नालीमाथिको फुटब्रिजको उद्घाटन गरेका थिए । काठको बोर्ड र धातुको चेनले बनेको सो पुल पुनः निर्माण गरिएको थियो त्यसैको उद्घाटनका लागि मेयर त्यहाँ पुगेका थिए । भिडियो लाई हेर्दा चेनबाट बोर्ड अलग्गिएका कारण यो घटना भएको देखिएको छ ।

मेयर संगै नगर परिषद्का सदस्यहरू र अन्य स्थानीय अधिकारीहरू ३ मिटर ९१० फिट उचाई बाट तल ढुंगाहरूमा खसेका थिए। मोरेलोस राज्यका गभर्नर कुउहटेमोक ब्लान्कोले नालीमा खसेका मध्ये मेयर, उनकी श्रीमती, धेरै अधिकारी र पत्रकारहरू रहेका थिए । घटनामा परि धेरै जना घाइते भएका छन् ।

त्यसपछि उनीहरूलाई अस्पताल लगिएको थियो ।रिपोर्टका अनुसार मेयर जोसे लुइस उरियोस्टेगुईलाई पनि अस्पताल लगिएको थियो। उनलाई सामान्य चोट लागेको छ र खतरामुक्त छन् । क्षमताभन्दा बढी यात्रु चढेका कारण यो घटना भएको अनुमान गरिएको छ ।