के प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणकै समयमा एसपीपीमा हस्ताक्षर गर्ने हुन् ? यस्तो रहेछ भित्री कुरा

काठमाडौं १ असार ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्रोग्राम९एसपीपी०मा तत्काल हस्ताक्षर नगर्ने भएका छन् ।

सत्ता गठवन्धनका दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलमा देउवाले आफुले तत्काल एसपीपीमा हस्ताक्षर नगर्ने बताएका हुन् ।

सम्झौताको मस्यौदा सार्वजनिक भएसँगै सत्ता गठवन्धन तथा प्रतिपक्ष दल नेकपा एमाले पनि विरोध जनाएपछि देउवा यस विषयमा पछि सरेका हुन् ।

एसपीपी अघि बढाउँदा गठबन्धनमै अप्ठ्यारो पर्ने निष्कर्ष निस्किएपछि देउवा पछि हटेका बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाको केहि समय पछि नै अमेरिका जाने तयारी भइरहेको छ । जुन भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको थियो ।