ओली फेरी यसरी प्रधानमन्त्री बन्दै !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्ने मिति तोकिएको छ । पार्टीका उपाध्यक्ष बिष्णु पोडेलले अध्यक्ष ओली फेरी प्रधानमन्त्री बन्ने दाबी गर्दै मिति समेत तोकिदिएका हुन् ।

एक टेलिभिजन अन्तर्वाताका क्रममा उपाध्यक्ष पौडेलले केहि महिना भित्रै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । एमालेले अहिले कसैलाई प्रधानमन्त्री बनाउँने धन्दा नगर्ने भन्दै पौडेलले निर्वाचन पछि एमालेकै एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् ।

लेखेर राख्नुस् निर्वाचन पछि एमालेको एकल बहुमतको सरकार बन्छ अध्यक्ष ओली फेरी प्रधानमन्त्री बन्नुहुन्छ फूलको गुच्छा लिएर बधाइ दिन आउँनुहोला ,पौडेलले भनेका छन् । अहिले एमालेलाई कुनै सरकार ढाल्ने या राख्ने बारेमा धन्दा गर्ने फुर्सद नभएको पनि उनले प्रष्ट पारेका छन् ।

फेरी पनि जनताको बलमा चुनावी मैदानमा प्रतिष्पर्धाका लागी एमाले तयार रहेको भन्दै पौडेलले एमालेलाई निर्वाचन जित्नका लागी कसैको बैशाखीको जरुरी नभएको पनि प्रष्ट पारेका छन् । हजारौँ कार्यकर्ता र लाखौँ जनतालाई लिएर एमाले चुनावी मैदानमा उत्रन तयार रहेको उनले भनेका छन् ।

तपाईहरुले देउवा सरकारलाई ढाल्दै हुनुहुन्छ रे प्रचण्ड या माधव नेपाललाई प्रधानमन्त्री बनाउँने रे हो रु भन्ने प्रश्नमा पौडलले यो कुरा गलत भएको दाबी गरेका छन् । काग्रेसको पछि लागेका प्रचण्ड र माधव नेपाललाई वामपन्थी भन्ने मुर्खता एमालेले नगर्ने उनले भनेको छन् ।

पौडेलले देउवा सरकारलाई तासको घर भनेका छन् । तासको घर जस्तो सरकारलाई ढाल्नको लागी एमालेले बलनै नलगाउँने पनि उनले प्रष्ट पारेका छन् । प्रचण्ड र माधव नेपाल काग्रेस जस्तो दक्षिणपन्थी शक्तिको पछि लागेको भन्दै उनले उनीहरुलाई बामन्थी मान्ननै एमाले तयार नभएको भनेका छन् ।

यो मूलुकको सच्चा बामपन्थी शक्ति एमाले रहेको जिकिर गर्दै पौडेलले सच्चा वामपन्थीहरुलाई एमालेको छाता भित्र गोलबन्द गरेरै लैजाने बताएका छन् । प्रचण्ड र माधव नेपालहरुले आफुलाई बामपन्थी भन्नु जसको सिङ छैन उसको नाम तिखे भनेका जस्तो मात्रै भएको पौडेलले कटाक्ष गरेका छन् ।

प्रचण्ड या माधव नेपाललाई प्रधानमन्त्री बनाउँने त के तालमेल या सहकार्य सम्म पनि अहिले एमालेले नसोचेको पौडेलले प्रष्ट पारेका छन् । व्यापक जनमतको बलमा निर्वाचनमा गएर एकल सरकार बनाउँने गरी एमाले अघि बढिरहेको पौडेलले बताएका छन् ।