सिसडोलवासीले अवरोध गरेपछि फोहोर व्यवस्थापन गर्न बालेनको यस्तो रहेको छ अन्तिम विकल्प !

सहरी विकास मन्त्रालय, काठमाडौँ ममहानगरपालिका, ललितपुर महानगरपालिका, ककनी गाउँपालिका र धुनीवेसी नगरपालिकाबीच फोहोर फाल्न विषयमा सहमति भएको भएपनि स्थानीयको अवरोध पछि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ ।

काठमाडौँको फोहोर उठ्ने झिनो आशा पलाएको भएपछि स्थानीयको अवरोध पछि त्यो आशा निराशामा परिणत भएको छ । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) यसका लागि नयाँ विकल्प खोजेका छन् । उनले जापानको हिटा समूहलाई भेटेर नयाँ विकल्प खोजेका हुन् ।

यो समूहले प्लाष्टिकजन्य फोहोर ब्याबस्थापको अत्याधुनिक प्रबिधी नेपाल भित्राएको छ । उच्चतापक्रममा प्लास्टिक जन्य फोहोर जलाएर नस्ट गर्ने यो प्रबिधी काठमाडौ उपत्यकाको फोहोर ब्यबस्थापनमा समेत उपयुक्त हुने दाबि छ ।

अहिले यो प्रबिधी काठमाडौका ३ बटा होटलहरू काठमाडौं गेस्ट हाउस ठमेल, माया मनोर बुटिक होटल हात्तीसार र पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठले प्रयोगमा ल्याईसकेका छन् ।

यो प्रविधिबाट फोहोर व्यवस्थापन गर्दा धुंवा समेत नआउने प्रदूषण समेत नहुने भएकाले काठमांडौंको फोहोर व्यवस्थापनमा यो महत्वपूर्ण हुन सक्ने यसका नेपाल सप्लायर्सका ओनर तेन्जिग सिमिजुको दाबि छ । यो प्रबिधीबाट पानी र हल्का पिय पदार्थका बोतल, कागज, दुध, तेल, खानाको र्यापर, सेम्पु, साबुनको खोलका साथै अन्य प्लास्टिक फोहोरलाई खरानीमा परिणत गर्न सकिन्छ ।

हिटा समुहले फोहोर ब्यबस्थापनको यो प्रबिधी प्रयोगका विषयमा काठमाडौ महानगरपालिकका प्रमुख शाह र उप प्रमुख सुनिता डंगोलले छलफल गरेका छन् । यो प्रविधि प्रयोगपछि नकुहीने फोहोरको व्यवस्थापन हुने छ भने कुहिने फोहोरलाई मल बनाएर प्रयोग गर्न सकिनेछ ।