दलको स्वार्थ पूरा गर्न देउवाले फुटाउँदै मन्त्रालय, थपिने भयो २ मन्त्रालय !

शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ । यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले दलीय भागबन्डा पुऱ्याउनकै लागि दुईवटा मन्त्रालय फुटाएर २३ वटा मन्त्रालय बनाउने गृहकार्य थाल्नुभएको एक मन्त्रीले बताउनुभयो । हाल २१ वटा मन्त्रालय रहेका छन् । मन्त्रालय फुटाएर दुईवटा मन्त्रालय थप गरिएमा राज्यकोषमा वार्षिक १० करोड बढी खर्च हने देखिएको छ ।

यो पनि पढ्नुहोश: नेकपा मसाल बाग्लुङका नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य सञ्जाल आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

करिब २ दशक लामो नेकपा मसाल निकटका विभिन्न मोर्चामा रहेर काम गरिरहेका शर्मा एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई एमालेको युवा तथा खेलकुद विभागको सदस्यको जिम्मा दिइएको छ ।विभागको केन्द्रीय बैठक चलिरहँदा एमाले महासचिव पोखरेलले शर्मासहित १९ जनालाई शपथ ग्रहण गराउनुभएको थियो ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले नेकपा एमाले कम्युनिस्ट विचारधारा राख्नेहरूको केन्द्र बताउनुभयो । उहाँले एमाले नै भविष्यमा युवा परिचालन गर्दै राष्ट्र निर्माणतर्फ अगाडी बढ्ने बताउनुभयो ।