काठमाडौँको फोहोर उठ्न सकस भएपछी बालेनले गुहारे प्रधानमन्त्री !

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् ।

दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो ।

प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए।
स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागिय मन्त्रीलाई निर्देशन दिने बताए ।

मुकुन्देले मागे काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको राजीनामा : कुनै समय रत्नपार्ककको रुखमा बसेर भाषण गर्ने मुकुन्द घिमिरेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् ।

सामाजिक संजालमा भाइरल बनेका मुकुन्देले एकाएक महानगरपालिकाका मेयर बालेन साहको राजीनामा माग गनुृको कारण हो फोहोर व्यबस्थापन गर्न नसक्नु ।

काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्देले बालेनले नैतिकताको आधारमा तत्काल राजीनामा दिएर अबिलम्ब उपचुनाव हुनुपर्ने समेत माग गरेका छन् ।

उनले ट्वीट गर्दै राजीनामा मागेका हुन् । मुकुन्दे पहिल्यैदेखि बालेन साहका कटु आलोचक हुन् । उनले बालेनले महानगरपालिकामा खासै काम गर्न नसक्ने ठोकुवा गर्दै यसअघि देखि नै विरोध गर्दै आएको भएता पनि बालेनले काँग्रेस र एमालेले भन्दा निकै आर्कषक मत ल्इाएर नेपालमा अहिलेसम्म नभएको चमत्कार गरेर स्वतन्त्र तरिकाले जित हाँसिल गरेका हुन् ।

जसको चौतर्फी तारिफ भइरहेको छ ।