देउवालाई दनक दिँदै डिला संग्रौलाले भनिन् ‘सरकारले केही गर्न सकेन’

काठमाडौं २६ जेठ ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् ।

बिहिबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेतृ संग्रौलाले सरकार भएको अनुभुति हुन नसकेको भन्दै सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी हुन् ।

‘रोजगारीकै लागि विदेशिनु पर्ने यो अवस्थामा कस्तो बिडम्बना, सरकार कहाँ छ र जिम्मेवार र वफादार बन्नु पर्दैन,’ उनले भनिन् ।

विप्रेषणले देश चल्ने तर उनको लागि राज्यले केही नसोचेको प्रति गुनासो समेत गरेकी छन् ।

महंगीले ढाड सेकेर नागरिकलाई बाँच्ने आधार नै नभएको बताएकी उनले फोहोरमाथि राजनीति हुन्छ, ढुंगामुढा हुन्छ स्वच्छ वातावरण नभएको बताएकी छन् ।

ह त्या, हिं सा, ब ला त्कारले अ स्मिता लु टिन्छ, न्याय पाउने आशा छैन,’ सांसद संग्रौलाले भनिन् ।