योगेश भट्टराईले जबर्जस्त रुपमा अघि बढाए ओलीलाई तनाव हुने प्रस्ताव

काठमाडौं । नेकपा एमालेका चर्चित युवा नेता योगेश भट्टराईले प्रतिनिधीसभाको बैठकमै अगाडी बढा्रएको एउटा प्रस्तावले तरंग पैदा गरेको छ । युवा नेता भट्टराईको प्रस्तावले प्रशंसा समेत पाइरहेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्ष कटेका छन् ।

७० कटेपनि ओली निकै सक्रिय छन् । एमालेको विधान नै संशोधन गरी ओलीले एक कार्यकाल अध्यक्ष सुनिश्चित गरिसकेका छन् । तथापि ओलीलाई पार्टीको नेतृत्वबाट हटाउने देखि भविष्यमा प्रधानमन्त्री बन्न नदिने प्रयासहरु चलिरहेका छन् ।

ओलीलाई एमाले नेता घनश्याम भुसालले ठाडै चुनौती दिइसकेका छन् । ओलीले या त अध्यक्ष छाड्नुपर्ने या त बाम एकता गर्नुपर्ने प्रस्ताव भुसालले एमाले बैठकमा लाने तयारी गरिसकेका थिए । यसकारण उनीमाथि कारबाहीको डन्डा चलाउन लागिएको छ ।

एमालेभित्र ओलीइतर समूहका अर्का नेता योगेश भट्टराईले आज सदनमा कडा अभिव्यक्ति दिए । उनले ७० कटेकालाई राज्यका कुनै पनि पदका लागि हुने चुनावमा उठ्न नपाउने व्यवस्था गर्नुपर्ने बताए । सबै दलमा यो व्यवस्थाका लागि सहमति बनाउन आग्रह समेत गरे ।

योगेशले यसो भनिरहँदा उनकै दलका अध्यक्ष ओली ७० कटिसकेका छन् । उनले घुमाउरो तरिकाले ओलीमाथि प्रहार गरे । एमालेभित्र योगेश, घनश्यामलगायतका कतिपय नेताहरु ओलीको विकल्प खोज्न सक्रिय छन् । तर, उनीहरुको शक्ति पुगिरहेको छैन ।

ओलीमात्र नभई प्रधानमन्त्री शेरबहादुर देउवा पनि ७० कटिसकेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि ७० पुगेका छन् । पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र डा। बाबुराम भट्टराई ७० नजिक छन् । काँग्रेसका नेताहरु रामचन्द्र पौडेल र डा। शेखर कोइराला ७० कटिसकेका छन् ।