पूर्वयुवराज पारस शाहरको यो तस्बिरले के संकेत गर्छ ?

काठमाडौं । पूर्वयुवराज पारस शाहको एउटा तस्बिर फेरी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनी सडक पेटीमा दुई बाबा र एउटा कुकुरको साथमा भुईमा बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । ब्यक्तिगत जिवन विन्दास पूर्वक बिताइरहेका पूर्वयुवाराज पारसले केही दिन अघि केही मिडियामा अन्तरवार्ता दिँदै आफु जोगी हुन चाहेको बताएका थिए । आफु राजा हुन जन्मिएको नभई सार्वसाधारणका रुपमा अझ त्यो पनि जोगिका रुपमा बाँच्न चाहेको प्रतिकृया दिएका थिए ।

युट्युवर सोनिका रोकायसंगको सम्बन्धका कारण चर्चामा आएका पूर्वयुवारज पारसलाई गरिएको प्रश्नमा उनले आफु राजा हुन नजन्मिएको बताए । अहिले सार्वजनिक भएको यो तस्बिर पनि दुई बाबासंग देखिएको छ । उनी जमिनमा बसेका छन्, उनीसंग एउटा कुकुर देखिन्छ भने अगाडी मोवाइल जस्तो बस्तु पनि देखिएको छ । पोखरामा युट्युवर सोनिकासंग देखिएका उनको दुई जनाको सम्बन्धलाई लिएर निकै टिका टिप्पणी भइरहेको छ । उनको यस्ता गतिविधिका कारण पूर्व राजपरिवार पनि निकै चिन्तित भएको बताइएको छ । पारससंग उनका छोराछोरी पनि टाढिएका छन् । हिमानीसंगको सम्बन्ध बिग्रिएको धेरै समय भइसकेको छ ।

सामाजिक सञ्जालमा सोनिकाका कारण हिमानी र पारसको डिभोर्ष हुन लागेको भन्दै टिप्पणी आएपछि उनले सोनिकासंग धर्मका कारण हिमानीसंग सम्बन्ध विच्छेद गर्न नसकेको भनेका थिए । सोनिकाले आफुसंग पारसले भनेका कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । फेसवुक च्याटमा दुई जनाबीच भएका कुराकानी सार्वजनिक गरेपछि त्यसको स्कृनसट पनि अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

पूर्वयुवराजसंग देखिएका ति बाबाहरु पनि प्रशन्न मुद्रामा देखिएका छन् । उनीहरुको अवस्था देखेर अनुमान लगाउन सकिन्छ फोटोको पोज दिइरहेका छन् । केही पनि नओछ्याइएको भूईमा बसेको तस्बिर कुन स्थानको हो र के प्रयोजनको लागि लिइएको थियो भन्ने कुरा भने खुलेको छैन ।