भरतपुरमा धमाधम गर्न थालिन् रेनु दाहालले काम, देखावटी हो कि वास्तविक विकासप्रेमी ?

महानगरपालिकाको मेयरको दोस्रो इनिङमा रेणु दाहालले प्रशंसा लायक कामहरु धमाधम गर्न थालेकी छन् । यहीक्रममा यहाँ अनलाईन प्रणाली मार्फत कर भुक्तानीको शुरुवात भएको हो । यसअघि नक्सा पास, सिफारीस दस्तुरको अनलाईन मार्फत कर तिर्ने व्यवस्था गरेको महानगरले आज (मंगलबार) देखि सम्पूर्ण सेवाहरुको कर अनलाईन प्रविधि मार्फत भुक्तानी गर्ने व्यवस्था गरेको हो।

यो प्रणाली सबैभन्दा पारदर्शी भरपर्दो र विस्वासिलो हुने भन्दै महानगरमा रेनुले गरेको यो प्रणालीको सुरुवातलाई देश विदेशबाट प्रसंसा गर्न थालीएको छ, यो योजना देशका कमै ठाउँमा लागु भएका छन् । महानगरको यो कदमलाई विपक्षी पार्टीहरुले पनि खुलेर प्रशंसा गरेका छन् ।

भरतपुर महानगरले सम्पती, मालपोत(भूमि), व्यवसायी, घरजग्गा बहाल, सवारी साधान, मनोरञ्जन र विज्ञापनमा कर लगाउँदै आएको छ। अब यी सेवाको कर घरबाट नै भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको महानगर प्रमुख रेनु दाहालले बताइन्। सुशासन कायम राख्न अनलाईन प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ।

हामी स्मार्ट सिटीको अवधारणा अनुसार अगाडी बढेका छौँ,’ उनले भनिन्, ‘सुशासनसहितको सेवा प्रभाहमा अनलाईन प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएका छौँ। प्रविधिको युगमा जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैले प्रविधिलाई आत्मसाथ गर्दै जानुपर्ने दाहालले बताईन् ।

भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले ऐतिहासिक कार्यको शुरुवात भएको बताएका छन्। उनले स्मार्ट सिटी निर्माणको एउटा खुट्किलो पार गरेको समेत बताए। ‘हाम्रो चुनावी प्रतिवद्धतामा स्मार्ट सिटीको अवधारणा थियो। यसको शुरुवात भएको छ,’ उनले भने, ‘कार्यान्वयनका लागि सबै तहतप्काबाट लाग्न आवश्यक छ।

प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले सुसासन कायम राख्न यस प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘अनलाईन पेमेन्टले भष्ट्राचार घाटाउँछ। सेवाग्राहीले लाईन बस्नु परेन । कर्मचारीलाई पनि आधा लोड घट्छ’, उनले भने, ‘आधुनिक युगमा प्रविधिको प्रयोग गर्दै कर्मचारीको संख्या घटाउँदै लैजानुपर्छ।’ यो प्रविधि सुरक्षित रहेको समेत सुवेदीले बताए। कर तिरेको रसिद आफ्नो इमेलमा नै आउने व्यवस्था गरिएको छ।

दुई वर्षभित्र डिजिटल सेवा सम्पूर्ण वडामा पु¥याउने गरि काम भइरहेको उनले बताए। यसका लागि कर्मचारी तथा सेवाग्राहीलाई तालिम दिने योजना रहेको उनले सुनाए।
अनलाईन पेमेन्टका लागि सम्पति, मालपोत तथा भूमिकर लगायतका करहरु तिरेको रसिद हेरी करदाता संकेत नम्बर हुनुपर्ने हुन्छ। भरतपुर महानगरपालिकाको अनलाईन पेजमा गएर स्मार्ट मोवाईल मार्फत कर तिर्न सकिने सुवेदीले बताए।
सेवाग्राही अन्योलनमा देखिएका छन्।

भरतपुर १३का रामराज महतो यसप्रविधि राम्रो भएपनि प्रयोग गर्न नसक्ने बताए। सेवा त राम्रो हो। तर, सेवाग्राहीले चलाउन जान्नप¥यो। चलाउनै जनाने त के अर्थ भयो ररु, भरतपुर महानगरमा साना सिँचाइको माग गर्न आएका ६३ बर्षिय महतोले भने, सबैलाई चलाउन सिकाउन आवश्यक छ।’ मंगलबार दिउँसोसम्म ६ जनाले अनलाईन मार्फत राजश्व तिरेका छन्। भरतपुर महानगरपालिकाले डिजिटल नागरिक वडापत्र, नागरिक सेवा कक्ष समेत बनाएको छ।