नाम मसाज सेन्टर ,काम यस्तो….. प्रहरी नै चकित!

भारत, दिल्ली पलवलको स्पा सेन्टरमा वेश्या-वृत्ति भइरहेको आरोपमा प्रहरीले पक्राउ गरेका २२ युवतीसहित ५६ मध्ये ५२ जनालाई अदालतले धरौटीमा रिहा गरेको हो । एक युवतीसहित चार जनालाई स्वास्थ्य विभागको निगरानीमा राखिएको छ ।अदालतले उनीहरुको जमानतबारे अझै विचार गरिरहेको छ।

सहरका स्पा सेन्टर विरुद्ध जिल्ला प्रहरीले पहिलो पटक गरेको यति ठूलो कारवाहीपछि दिनभर नगरमा मात्र नभई जिल्लाभर चर्चा भएको थियो ।

किनभने स्पा सेन्टरबाट पक्राउ परेका अधिकांश युवती फरक–फरक सेन्टरका थिए । दिनभरि क्याम्प प्रहरी चौकीमा पक्राउ परेका महिलाका परिवार र उनीहरूसँगै पक्राउ परेका पुरुष आउने क्रम जारी छ ।प्रहरीले यति ठूलो कारबाही गरेपछि पलवल अहिले वेश्या-वृत्तिको ठूलो अड्डा बनेको पनि प्रमाणित भएको छ ।

प्रहरी स्रोतका अनुसार पलवल सहरमा मात्रै ६४ स्पा सेन्टर सञ्चालनमा रहेका छन् ।जिल्लाभरका १ सय १० स्पा सेन्टर छानबिनमा परेको प्रहरी बताउँछ । प्रहरी स्रोतका अनुसार पछिल्लो एक वर्षमा जिल्लाका खुला स्पा सेन्टरमा मसाजको नाममा करिब एक हजार युवती तथा महिलाले वेश्या-वृत्ति गरिरहेका छन् ।

दिल्ली–एनसीआरको फरीदाबाद, गुरुग्राम र नोएडा जस्ता महानगरहरूको तुलनामा ३० प्रतिशत जनसंख्या भएको पलवलमा स्पा सेन्टर र वेश्या-वृत्ति खुल्नु आफैमा चिन्ताको विषय बन्दै गएको छ ।

स्पा सेन्टरमा कारबाही गर्दा प्रहरीले पक्राउ गरेका अधिकांश युवती कलेजका छात्रा हुन् । यसबाहेक घरबाट फरीदाबाद र दिल्ली काम गर्न जाने युवती पनि पर्छन् । यस कारबाहीमा सबैभन्दा डरलाग्दो के कुरा बाहिर आयो भने पक्राउ परेका युवतीहरु अधिकांश ग्रामीण क्षेत्रका हुन् ।

स्रोतका अनुसार पलवलमा स्पा सेन्टर मात्र नभई सहरका विभिन्न स्थानमा वेश्या-वृत्तिको कारोबार धमाधम चलिरहेको छ । पलवलको अजल बाली नगर क्याम्प, मोहन नगर, इस्लामावाद, अलीगढ रोडमा रहेको रेलवे लाइनको पुलको छेउमा र केही पोश क्षेत्रमा पनि महिला तथा युवतीहरूले वेश्या-वृत्तिको व्यापार गरिरहेका छन् ।

यसबाहेक जिल्लामा खुलेका कतिपय ओयो होटलमा पनि ग्राहकको मागमा युवती तथा महिलालाई वेश्या-वृत्तिका लागि ल्याउने गरिएको छ ।

प्रहरी कारबाहीमा यति ठूलो संख्यामा पक्राउ परेपछि प्रहरी उपरीक्षक राजेश दुग्गलले जिल्लामा जहाँ जहाँ स्पा सेन्टर चलिरहेका छन्, ती सबैको छानबिन गरी कारबाही गर्न सबै डिएसपी र एसएचओलाई निर्देशन दिएका छन् । निर्देशन अनुसार जहाँ युवतीले मसाज गरेको पाइन्छ, कारबाही गर्नुपर्छ ।