टोक्योमा ‘कबड्डी ४’ लाई थामि नसक्नु दर्शक

चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएको छ। शुक्रबारबाट दुई वर्षे कार्यकाल सिध्याएको चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन्। कोरोना भाइरस महामारीले थलिएको नेपाली फिल्म क्षेत्रलाई उकास्न दीर्घकालीन कार्यक्रमको सुरूआत गरेको जनाएका थिए।

‘कोरोना भाइरस महामारीले थलिएको नेपाली फिल्म क्षेत्रलाई उकास्न स्टोरी बैंकदेखि प्लस टु तहमा नेपाली फिल्मको पढाइ र काभ्रेको साँगामा इन्डोर स्टुडियोको सुरुआत लगायत गतिविधिको थालनी भएको छ,’ उनले भने, ‘कोरोना भाइरस महामारीले मेरो कार्यकाल प्रभावित भएपनि नीतिगत रूपमा नेपाली फिल्म क्षेत्रलाई दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विभिन्न योजनाहरूलाई बोर्डमार्फत् स्थापित गर्न सफल भएका छौं।’

उनले बोर्ड मार्फत मौलिक तथा कलात्मक फिल्मलाई प्रोत्साहित गर्न पटकथा संकलनका लागि स्टोरी बैंकको अवधारणा लागू गरेका छन्। त्यस्तै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनौट भएका फिल्म र फिल्मकर्मीलाई आर्थिक सहायताको व्यवस्था बोर्ड मार्फत गरिएको छ।

उनले चलचित्र लगानी कोषको मोडालिटी बनाउने, प्रोजेक्ट तथा स्वास्थ्य बिमा कार्यक्रमको सुरूआत, अध्ययन र अनुसन्धान शाखाको स्थापना, विपद् कोष स्थापना र सामाजिक सुरक्षा योजना लगायतलाई अघि सारिएको जानकारी गराएका थिए। प्लस टु तहमा नेपाली फिल्मको पढाइको सुरू भएको दाबी उनले गरेका छन्।

उनले कोरोना भाइरस महामारीको जटिल अवस्थामा फिल्म हल खुलाउन लागि पर्दैमा बितेको तथा चलचित्र विधेयक र राष्ट्रिय चलचित्र नीति लागू गर्न नसकेको बताएका छन्। ‘चलचित्र विधेयक अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त गर्न कानुन मन्त्रालय जाने तयारीमा रहेको छ,’ उनले भने, ‘सञ्चार मन्त्रालयमार्फत चलचित्र विधेयर र राष्ट्रिय चलचित्र नीति लागु हुने भएकाले अड्किएको छ।’