अर्जेन्टिनाको इतिहाँसमा कसैले गर्न नसकेको काम मेस्सीले गरे, रोनाल्डोलाई पछ्याउँदै !

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइतबार राति इस्टोनिया विरुद्धको खेलमा शानदार जित निकाल्यो। तुलनात्मक रुपमा कम्जोर मानिएको इस्टोनिया माथि अर्जेन्टिनाले ५-० फराकिलो जित निकालेको हो।

इस्टोनिया विरुद्धको खेलमा सुपरस्टार फरवार्ड लियोनेल मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए। एक हिसाबले भन्ने हो भने सो खेल मेस्सीको ‘वान म्यान शो’ नै थियो। खेलमा भएका सम्पूर्ण गोल मेस्सीले नै गरेका थिए।

स्पेनमा आइतबार राति भएको एकपक्षीय बनेको खेलमा मेस्सीले ४७ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए। खेलको आठौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै मेस्सीले खाता खोलेका थिए। ४५औं मिनेटमा मेस्सीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। त्यस्तै मेस्सीले ७१औं मिनेट र ७६औं मिनेटमा समेत गोल गरेका थिए।

आइतबार गरेका पाँच गोलसँगै मेस्सीको अन्तर्राष्ट्रिय गोल संख्या ८६ पुगेको छ। मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा सार्वजनिक गोल गर्ने चौंथो खेलाडी हुन्। मेस्सी अन्तर्राष्ट्रिय शिर्ष गोल कर्ताको रुपमा रहेका क्रिस्टियानो रोनाल्डो भन्दा ३१ गोलले पछि छन्।