विद्यासुन्दरले ५ बर्षसम्म नगरेको काम बालेनले १ दिनमै भ्याइदिए’पछि…..

नेकपा एमाले`बाट निर्वाचित निवर्तमान मेयर विद्या`सुन्दर शाक्यले पाँच बर्षमा गर्न नचाहेको काम स्वतन्त्रबाट नव`निर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले एक दिनमै भ्याइदिएका छन् ।

५ बर्षको अवधिमा काठ`माडौंको फोहोर फा`लिने मुख्य स्थानमा पूर्व|मेयर शाक्यले ५ बर्षको अवधिमा पुगेर कुनै कदम चालेका थिएनन् तर निर्वा`चित भएको पहिलो दिन नै बालेनले त्यहा पुगेर सबै कुरा बुझेर एक दुई दिन मै समस्या समाधान`सम्म गर्ने छनक देखाइदिएका छन् । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापनका लागि काम थालेका छन् ।

उनी निर्वाचित भएकै दिन फोहोर व्यव`स्थापन सम्बन्धि जानकारी लिन नुवाकोटस्थित ओखर पौवाको डम्पिङ क्षेत्र गुगेका छन् । चुनावी अभियानमा रहँदा उनी सधैँ कालो चस्मामा देखिँदै आएका थिए । ओखर पौवा पुगेर चस्मा खोलेका छन् ।

चस्मा लगाउँदा बास्तविक दृष्य नआउने भएका`ले उनले चस्मा खोलेका हुन् । तर ओखर पौवाको डम्पिङ क्षेत्र पुग्दा चुनावी अभियानमा जस्तै टिसर्टमाथि कोट भने लगाएका थिए ।

काठमाडौंको मेयरको शप`थग्रहण गरेकै दिन धन्यवाद जुलुस सकेर शुक्रबार अपरान्ह उनी ओखर`पौवाको डम्पिङ क्षेत्रको अनुगमन गर्न पुगेका हुन् । त्यसक्रममा मेयर साहले स्थानीयको माग सम्बोधन गरेर जाने र त्यसका लागि योजना पनि बनाइ`सकेको जानकारी गराएका थिए ।

शाह`को भानाई पछि ओखर पौवाका जनता खुशी भएका थिए । शाहले बनाएको कार्ययोजना अनुसार अब काठमाडौँको फोहरको व्यवस्थापन हुनेछ । शाहको पहिलो कामनै फोहोर व्यवस्थापनको हुने बताइ`एको छ ।