इश्वर सिंह र मिना गुरुङको आवाजमा मौलिक दोहोरी गित ‘छुट्टी छोटो छ’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा मौलिक गायक एवम् शिरफूल शिरैको गीतबाट सबै माझ चर्चामा रहेका गायक ईश्वर सिंहको आवाज रहेको नयाँ गीत छुट्टी छोटो छ भर्खर मात्र सार्वजनिक भएको छ । गायिका मिना गुरुङ र लोकप्रिय मौलिक गायक इश्वर सिंहको आवाजमा सजिएको उक्त गितमा पछिल्लो समयका व्यस्त सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ ।

स्मृति तिमिल्सिनाको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा रन्जिता गुरुङ र महेन्द्र  डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठको छायाँकन एवम् प्रकाश धमलाले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ ।                                                                                   

गुरुआमा फिल्मस् प्रा.ली.को पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो Mina Gurung official को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :