अनमोल र प्रदिपसँगमात्रै फिल्म खेल्छु भन्ने यी सुन्दरी को हुन् ?

काठमाडौं ।

अहिलेका स्टार नायक अनमोल केसीसँग जो कोही सुन्दरी फिल्म खेल्न चाहान्छन् ।

तिनैमध्येकी एक हुन् मोडल नीति शाह । मोडििलङमा दशक बिताएकी यी सुन्दरीले अब भने फिल्ममा करिअर बनाउने सोचेर अनमोलसँग काम गर्ने इच्छा देखाएकी छिन् ।

नीति शाहले अनमोल र प्रदीप खड्कामध्ये कुनै एक जनासँग फिल्म खेल्न चाहेको समेत सामाजिक संजालमा उनले पोस्ट गरेका स्टाटसहरुबाट बुझ्न सकिन्छ ।

यसअघि नै डिस होमसहितका केही विज्ञापनमा नीतिले प्रदीपसँग काम गरेकी उनी मल्पी स्कुलमा अनमोलकी सहपाठी हुन् । यी व्यक्तिगत निकटता र बजार मूल्यको कारण नीतिको पहिलो रोजाइका कलाकारमा अनमोल र प्रदीप परेको बताइन्छ ।

जसका लागि उनले अनमोलका पिता भुवनलाई पनि सन्देश पठाइसकेको बुझmीएको छ । नीतिले आफ्ना म्यानेजर समेत राखेकी छिन् ।

नीतिका म्यानेजर निराजन गिरीका अनुसार अहिले उनको केही निर्माता निर्देशकसँग कुरा भइरहेको छ । यद्यपी यस विषयमा भने अझै टुंगो लागेको भने छैन ।