शान्ति श्री परियार र विक्रम परियारको ‘पाखे’मा अनिल र नारायणीको अभिनय (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोक तथा दोहोरी गायक विक्रम परियारको नयाँ दोहोरी गित ‘पाखे’ भखर्रै सार्वजनिक भएको छ । लोकप्रिय गायिका शान्ति श्री परियार र गायक विक्रम परियारको आवाजमा सजिएको उक्त गितमा दोहोरी सर्जक कमल खनालको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गाऊले जीवन र शहरिया जीवन विचको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

पछिल्लो समयका अत्यन्तै व्यक्त निर्देशक विनोद भण्डारीको उत्कृष्ट निर्देशन एवम् कथामा तयार भएको गितको म्युजिक भिडियोमा अनिल पौडेल र नारायणी खत्रीको अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतीको छायांकन एवम् मनोज कार्किले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै मर्मश्पर्शी वनेको छ ।

गधौली क्रियशन को पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो Bikram Pariyar को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :