नविन पौडेल र मेलिना राईको आवाजमा ‘मन परेरै हो’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोक तथा दोहोरी गायक नविन पौडेलको नयाँ लोक पप गित ‘मन परेरै हो’ भखर्रै सार्वजनिक भएको छ । लोकप्रिय गायिका मेलिना राई र गायक नविन पौडेलको आवाजमा सजिएको उक्त गितमा गितकार दिग्गज धौरालीको उत्कृष्ट शब्द सृर्जना एवम् गायक पौडेलकै लय रचना रहेको छ । प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

विवेक खड्काको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको गितको म्युजिक भिडियोमा दिनेश पौडेल, विवेक खड्का, सविना गुरुङ, सरु राई, रचना दर्नाल, सोनी विक, नवराज मगर लगायत थुप्रै कलाकारहरुको अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ । उक्त गितको म्युजिक भिडियो Nabin Poudel Official युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :