निरज कौशल र शिला गुरुङको ‘लाहुर जाने बेला भो सानी’मा राजु र कामना अभिनय (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा शिला गुरुङको मार्मिक लोक दोहोरी गीत “लाहुर जाने बेला भो सानी ” डिजिटल बजारमा आएको छ। स्वाभिमान क्रियसन प्रा लि मार्फत उक्त गीत सार्बजनिक भएको हो ।

गीतमा निरज कौशल र शिला गुरुङको स्वर रहेको छ । गीतको शब्द श्रीकृष्ण अर्यालले लेखेका हुन् भने संगीत नन्दु परियारले गरेका हुन्। एरेन्ज भने अहिलेका व्यस्त एरेन्जर महेन्द्र भण्डारीले गरेका हुन् । घर छोडेर परदेश जान लाग्दा श्रीमान श्रीमतीको बिछोडको पिडामा आधारित रहेको छ । गीतको छायांकन चर्चित क्यामेरामेन करन चैसारले गरेका हुन्। गीतमा मोडल राजु महोत्रा र कामना न्यौपानेले अभिनय गरेका छन। सम्पादन भने बिकाश ज्ञवाली र इश्वर बाबुले गरेका छन ।

भिडियोको कथा एबम निर्देशन पनि मोडल राजु महोत्राले गरेका छन । गितको म्युजिक भिडियो अत्यन्तै रोचक  र लोभलाग्दो वनेको छ । गितको म्युजिक भिडियो अत्यन्तै रोचक  र लोभलाग्दो वनेको छ । मोडल राजु बिगत लामो समयदेखि बुटवलमा रहेर गीत संगीतमा निरन्तर सक्रिय भएर लागिरहेका छन ।

स्वाभिमान क्रियसनको पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो Swaviman Creation को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :