हर्कराज सम्पाङ: पत्याइएकाहरु लत्याइएर नपत्याइएकाद्धारा ऐतिहासिक चुनाव परिणाम दिने ब्यक्ति

२०७६ सालको स्थानीय तह उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका हर्क सम्पाङले जम्मा ४२२ मत पाएकोमा अहिले २० हजार ८२१ मतसहित विजयी भए । लाखौंको भिडभाड र भडकिलो चुनाव प्रचार प्रसारको साथ पाउनेलाई नभएर एक्लै भोट माग्न हिडेका र समर्थनको लागि कोही पनि नगएको देखिने सुनसरीको धरान उपमहानगरको मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज सम्पाङलाई धराने जनताले सुटुक्क भोट दिएर उपमहानगरको मेयर बनाए त्यही पनि सत्ता गठबन्धनका उम्मेदवारका सह बिजेतालाई ४ हजार ७ सय ६२ मतले पराजित गर्दै ।

[नपत्याउने खोलाले बगाउँछ भन्ने नेपाली उखानलाई चरितार्थ बनाउँदै कुनै चर्चा परिचर्चा बिना नै धरान उपमहानगरको मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज सम्पाङले मेयर पदमा प्राप्त गरेको अविस्वसनिय विजयका कारण उनी अहिले चर्चाको शिखरमा भएकाले उन्का बारेमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा (@Ramkshrestha) आफ्नो पेजमा राखिएको सामग्री जानकारीको लागि प्रकाशित गरिएको – संपादक । ]

लाखौंको भिडभाड र भडकिलो चुनाव प्रचार प्रसारको साथ पाउनेले नभएर एक्लै भोट माग्न हिडेका र समर्थनको लागि कोही पनि नगएको देखिने सुनसरीको धरान उपमहानगरको मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज सम्पाङलाई धराने जनताले सुटुक्क भोट दिएर उपमहानगरको मेयर बनाए त्यही पनि सत्ता गठबन्धनका उम्मेदवारका सह बिजेतालाई ४ हजार ७ सय ६२ र उप बिजेतालाई ७ हजार ९ सय ९६ मतले पराजित गर्दै ।

चुनावमा सम्पाङ एउटा अटोमा माइकिङ गर्दै प्राय: एक्लै हिड्यो – धरानका चोक, गल्लीहरूमा । उनी आफ्नो पर्चा आँफै बाँड्थ्यो, आफ्नो भोट आँफै माग्थ्यो – विद्रोहका गीत लेख्दै र गिटार बजाउँदै चोकहरूमा गाउँदै हिंड्थ्यो । उसले लेख्दै गायो – तिर्खा लागेको गीत, हक नपाएको गीत । उसले थुप्रै गीत लेख्यो र गायो । हर्कले आफ्नो आवाजले समाजमा कति फरक पार्यो र पारेनको हिसाब किताब राख्नतिर लागेन, सामाजिक सन्जालमा भाईरल हुने सपना देखेन, तर उसले चुप लाग्न जानेन । आफूले लगाएको शर्टका बाहुलाहरुका टाँक लगाउनेतिर समेत ध्यान दिएनन । कुनै चर्चा नहुँदा नहुँदै अनायास राष्ट्रिय स्तरमा चर्चा हुने गरी ईतिहास रचे साम्पाङले ।

बरको रुखमुनि विद्रोह गरिरहने, आफ्नो नैसर्गिक अधिकारका लागि लडिरहने, धरानका गल्ली र टोलहरुमा भौतारिरहने एउटा मान्छे जसलाई यो स्थिति, माहोल र राजनीतिसँग चित्त बुझिरहेको थिएन र उसले धरानका हरेक समस्यालाई मुद्धा बनायो, हक माग्यो, र चिच्याइरह्यो । त्यही मान्छे हर्क साम्पाङ थिए धरान उपमहानगरपालिकामा सामाजिक समस्या परे सर्वसाधारणले सम्झने र धरानका बासिन्दा समस्या परे जनप्रतिनिधिलाई भन्दा पहिला खोजिने ब्यक्ति ।
खानेपानी, भ्रष्टाचार, चुरे दोहनको मुद्धा उठाउँदै आएका सम्पाङ एक दशकयता धरानका चोक र चौतारीमा खबरदारी गरिरहेका हुन्थे, सर्वसाधारणलाई समस्या परेका ठाउँमा पुग्थे, सरोकारवाला निकायलाई प्रश्न गर्थे ।

प्रश्न गर्ने सम्पाङलाई धरानवासीले अब भने जवाफ दिने ठाउँमा पुर्‍याएका छन । २०७६ सालको स्थानीय तह उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका हर्क सम्पाङले जम्मा ४२२ मत पाएकोमा अहिले २० हजार ८२१ मतसहित विजयी भए जहाँ १ लाख ३२४ मतदाता रहेकोमा ६२ हजार ८११ जनाले मतदान गरेका थिए ।

खानेपानीको समस्या भएको धरानमा एशियाली विकाश बैंकको २ खर्ब १६ करोडको अनुदानमा चारकोसे जंगलबाट भूमिगत इनार खनेर पानी ल्याए पनि धरानबासीको माग धान्न सक्दैन । यसरी पानी ल्याउनुको साटो कोशी वा अरुणबाट पानी ल्याउनुपर्ने भन्दै निरन्तर आन्दोलन गर्नेमध्ये एक हुन सम्पाङ ।

आफ्नो मुद्धा बोकेर चुनाव लडेका सम्पाङलाई यो पटक धरानबासीले साथ दिए पनि आन्तरिक आम्दानी धेरै कम भएको धरान उपमहानगरपालिकाको अपेक्षा पूरा गर्न उनलाई त्यति सहज भने छैन नै र पनि सम्पाङ चुनौति सामान गर्न नै आफू मेयरमा उठेको बताउँछन र चुनाव एजेण्डाअनुसार पाँच वर्षभित्र कोशीबाट पानी ल्याएर धरानका बासिन्दलाई खुवाउने योजनामा प्रतिबद्ध छन ।

हार्दिक बधाई चुपचाप राष्ट्रिय तहल्का मच्चाउने गरी ईतिहास रच्ने धराने हो चि मिन्हलाई!!!

नोट: हो चि मिन्ह – ठूला शक्तिहरुका बाबजुद अनबरत संघर्ष गर्दै सफलता प्राप्त गर्न सफल योद्धाको प्रतिकका रुपमा ।