कांग्रेस धोकेबाज पार्टी रहेछः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले कांग्रेस धोकेवाज पार्टी रहेको बताएका छन् ।

उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा सो कुरा बताएका हुन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै होमिएको भए अहिलेको परिणाम भन्दा राम्रो नतिजा आउने दाबी गरेका छन् ।

मतगणना जारी रहँदा नेता खनालले एकीकृत समाजवादीलाई आएको मतको लहरले नतिजा फरक आउने दाबी गरेका हुन् ।

१७ प्रमुख र २० उपप्रमुख जितिसकेको तथा पोखरा महानगरमा जीत नजिक रहेको तथ्यलाई आधार मान्दा पनि पार्टीले ठूलो सफलता हात पारेको उनको भनाइ छ ।

नेता खनालले कांग्रेसले धोका दिएका कारण केही स्थानीय तहमा आफूहरू पराजित हुनुपरेको बताए । उनले कांग्रेसको यही चरित्रका कारण वामपन्थीहरू एक हुनुपर्ने अवस्था पुनः आएको तर्क गरे ।

नेता खनालले एमालेसँगको पार्टी एकता वा कार्यगत एकताका लागि पनि आफूहरू तयार रहेको बताए । आमामी आमनिर्वाचनमा एकता गरी अघि बढ्न आफूहरू तयार रहेको उनको भनाइ छ ।