मनोज पाण्डेलाई जिल्ला अदालत लगियो, तस्बिरहरु हेर्नुहाेस्

काठमाडौँ – सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् ।  पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिइसकेकी छन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित पनि भएको छ । बयान प्रमाणित भएसँगै सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौंले आरोपीलाई अदालत लगेको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपरा घर भएका  पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफुलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।